राष्ट्रिय दैनिक / नवलपरासी , १४ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा अवस्थित गाेबरहिया कृषि सहकारी संस्थाको अध्यक्षमा सुरेश चाैधरी चयन हुनुभएको छ। शनिबार सम्पन्न संस्थाको चाैँथाे वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनले चाैधरीकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा वसन्त कुमार चाैधरी चयन हुनुभएको छ भने सचिवमा इन्द्रबहादुर चाैधरी र कोषध्यक्षमा पुष्पा कुमारी थारु चयन हुनुभएको हाे । कार्यसमिति सदस्यहरुमा शिवरात्री चाैधरी, अनिरुद्र चाैधरी ,अशाेक चाैधरी , गाेरखनाथ गुप्ता ,अकलेश जैसवाल , पशुपति गाेसाई, राजेश चाैधरी र बिमलावती चाैधरी चयन हुनुभएको छ । साधारण सभा निवर्तमान अध्यक्ष तिल कुमारी चाैधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष चौधरीले सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहज हुने धारणा राखुभयो । उहाँले सहकारी क्षेत्रमा रहेका विकृति-विसङ्गति हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै उहाँले ऐन, नियम, नीति-निर्देशिका बमोजिम संस्था सञ्चालन नभएमा समस्यानआउने बताउनुभयो । एक व्यक्तिएक सहकारीको अवधारणा अव्यवहारिक हुने उहाँले बताउदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुऱ्याएको बताउनुभयो । सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो । सहकारी बुढेसकालको सहाराको रुपमा स्थापित भएको बताउदै पालिकाबाट यश सहकारीलाई चाहिने आवश्यक सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन ,याेजनाशाखा प्रमुख इश्वरी खनाल ,वडा सदस्य रन्जना चाैधरी, समाजसेवी इन्द्रबहादुर चाैधरी र शिव प्रकाश चाैधरी लगाएतले आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाको लागि आवश्यक छ। यसले महिला नेतृत्वमा ठुलो सहयोग गरेको भन्दै अगामि दिनमा सहकारी बिकासको लागि सहयोग र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो। सहकारी २ कराेड ५० लाख बराबरको कारोवार गरेकोमा कुल ४ लाख शुद्ध नाफा कमाएको संस्थाको अध्यक्ष सुरेश चाैधरीले जानकारी दिनुभयो । साधारणसभामा असल बचतकर्ता र असल ऋणिलाई सम्मान गरिएको थियो । २०७७ सालमा दर्ता भएको सहकारीमा २४४ जना शेयर सदस्य रहेका छन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।