Rashtriya Dainik

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

बिनोद निगम/ नवलपरासी , १३ असोज

वर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ रतनगञ्ज ठोकरस्थित नारायणी नदीमा पानीको बहाव बढ्दै घट्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न सुस्ता नदी किनारमा स्थानीयको भीड लागेको छ ।

दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय शनिबार बिहानदेखि आज दिनभर व्यस्त रहे । नागरिक दाउरा सङ्कलन गर्न पानीमा रुझ्दै बालबालिकादेखि युवालगायत ज्येष्ठको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैँची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।

सुस्ता ५ का शत्रुधन कुमार यादवले बिहान ७ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले अहिलेसम्म करिब एक ट्राली दाउरा जम्मा गरेको बताउनुभयो । यादवले सङ्कलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि । तर पनि दाउरा जोहो नगरेर हुँदैन ।” यादवले आज करिब एक ट्राली दाउरा जम्मा गरेको बताउनुभयो ।

त्यस्तै सुस्तका स्थानीयहरु बिहानै सपरिवार सहित नारायणी सुस्ता नदी किनारमा पुग्ने गर्दछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित