Rashtriya Dainik

घरेलु तथा साना उद्योग महासंघकाे अध्यक्षमा राजकुमार तथा महिला उद्यमीमा निशा चयन

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असाेज

नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको १७ औं बार्षिक साधारण सभा र १० औं जिल्ला अधिबेशन शनिवार सुनवलको भूमहीमा सम्पन्न भएको छ ।

१० औं जिल्ला अधिवेशनबाट रामग्राम ३ निवासी, आट्र्स उद्यमी राजकुमार रेश्मी सर्वसम्मत निर्वाचित हुनु भएको छ । आगामी ३ बर्षकालागि रेश्मी सर्वसम्मत निर्वाचित हुनु भएको हो ।


महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले रेश्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, उपाध्यक्ष सीता कुंवर, महासचिव देवेन्द्र चौधरी, कोषाध्यक्षमा खगेश्वर भुसाल, सचिवमा दया दर्लामी र सदस्यहरु सोमप्रसाद न्यौपाने, प्रविण अमात्य, श्याम सुन्दर भट्टराई, होम नारायण चौधरी, महेन्द्र चौधरी, अरुण कुमार यादव, तपसिंह दामी, सुमित्रा राना र लक्ष्मी अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


यस्तै महासंघको जिल्ला महिला उद्यमी समितिमा सुनवल निवासी व्यूटिसियन उद्यमी निशा पराजुली सर्वसम्मत अध्यक्ष बन्नु भएको छ । महिला उद्यमी समिति ११ सदस्यीय चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा जोगकुमारी चौधरी, उपाध्यक्षमा गिता चौधरी, महासचिव शान्ति श्रीस, कोषाध्यक्ष राधा भुसाल र सदस्यहरु जमुना कुमारी थापा, टीका तिवारी, विनु परियार, दिपा शाही, नमिता थापा, लिला पंगेनी पौडेल र गरिमा चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसअघि भएको उद्घाटन समारोहमा घरेलु महासंघ केन्द्रीय कमिटिका वरिष्ठ उपाध्यक्ष सूर्यवहादुर कण्डेल, लुम्बिनी प्रेदशका अध्यक्ष नेत्र पाठक, केन्द्रीय महासचिव डम्बर प्रसार रेग्मी, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, महिला समितिकी केन्द्रीय उपाध्यक्ष तारा आचार्य, महिला समिति लुम्बिनी प्रदेशकी अध्यक्ष शान्ती शर्मा, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल, करदाता सेवा कार्यालयका प्रम्ुख फ्रसुराम पोखरेल, सुनवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल लगायतले बोल्नु भएको महासंघ नवलपरासी महासचिव राजनकुमार आचार्यले जानकारी दिनु भयो ।


अधिवेशनकै क्रममा नवलपरासी जिल्लाका सात स्थानीय तहका ७ जना सफल र उत्कृष्ठ उद्यमीहरुलाई सम्मान गरिएको छ । रामग्राम नगरपालिका वडा नं. ५ मा सञ्चालित राजु आट्र्सका प्रोपराईटर राजकुमार रेश्मी, सुनवल नगरपालिका वडा नं. ६ श्रीकृष्ण एकीकृत माहुरी तथा कृषि फर्मका प्रोपराईटर अक्ष्मी अधिकारी, वर्दघाट नगरपालिका वडा नं. १५ मा संचालित लक्ष्मी पटेर उद्योगकी संचालन खेमकुमारी गुरौ सम्मानित हुनु भएको छ । यस्तै प्रतापपुर गाउँपालिका वडा नं. ३ मा संचालित ए.के एक्वा रिसर्च ह्याचरीका प्रोपराईटर अरुणकुमार यादव, सुस्ता गाउँपालिका वडा नं. २, मा सञ्चालित बरिष्ठ डेरी उद्योगका प्रोपराईटर पवन भट्टराई र पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ मा सञ्चालित शिवगणेश एग्रो फर्मका प्रोपराईटर सवितादेवी वढईलाई सम्मान गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित