Rashtriya Dainik

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोबाट निकालियो १४ जनाको शव

काठमाडौं,१२ असोज

नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।

शनिबार अविरल वर्षाका कारण त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो।

© Setopati.com

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित