Rashtriya Dainik

सूर्यपुरा गण्डक नहरमा नुहाउने क्रममा नहरमा डुबी बेपत्ता

बिनोद निगम / नवलपरासी , १२ असोज

पश्चिम नवलपरासीको सूर्यपुरा गण्डक नहरमा साँझ ५:३५ बजेको समयमा नुहाउने क्रममा एक बालक नहरमा डुबी बेपत्ता भएको छन् ।

प्रतापपुर गाउँपालिका वाड ७ सुर्यपुरा बस्ने अनवर देवनको छोरा बर्ष अन्दाजी १० को अस्लाम देवन घर नजिकै रहेको भारतिय गण्डक नहरको पानीमा नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी टोली खटिगई स्थानियहरुको सहयोगमा खोज तलाश कार्य भई रहेको छ भने हालसम्म फेला नपरेको डिएसपी बोहराले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित