Rashtriya Dainik

पाण्डु माध्यमिक बिद्यालयकाे  ब्यबस्थापन समिती अध्यक्षमा  लाल बहादुर खड्का सर्बमत चयन ।

दोरेन्द्र खड्का /बझाङ ,१२ असाेज

पाण्डु माध्यमिक बिद्यालयकाे  ब्यबस्थापन समिती अध्यक्षमा  लाल बहादुर खड्का सर्बमत चयन हुनुभएकाे छ।
आज बसेको सर्वपक्षिय भेलाले लालबहादुर खड्कालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।

लामो समयदेखि विवादित हुँदै आएको पाण्डु मावि पडेश बझाङको नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाले आज पूर्णता पाएको छ ।

समितिमा अध्यक्ष लालबहादुर खड्कासहित सदस्यहरु नवराज विष्ट, रामबहादुर खड्का, पदेन सदस्य वडाध्यक्ष गंगबहादर खड्का, महिला सदस्यहरु नन्दा खड्का,  जुना वड र सारदा नेपाली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै आजै गठन भएको शिक्षक अभिभावक संघमा  केसब विष्टसहित ११ जना चयन हुनुभएको छ ।

समितिको गठन विद्यालयको वार्षिक साधारण सभामा भएको थियो, जसमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सुरुआत विद्यालयका प्रधानाध्यापक जनकराज जोशीले विद्यालयको हालको शैक्षिक अवस्थाबारे जानकारी दिँदै, नयाँ समितिले विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो।

समितिका नवनिर्वाचित अध्यक्ष लालबहादुर खड्काले विद्यालयमा शैक्षिक परिवर्तन ल्याउन एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका अनुसार विद्यालयमा नयाँ पाठ्यक्रमको कार्यान्वयन, विद्यार्थीको व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापहरूमा जोड दिइने छ।

यसअघि सत्यवादी माविमा कुशल प्रधानाध्यापकको भुमिका निभाइसक्नुभएका अध्यक्ष खड्कालाई सबैले पाण्डु मावि पडेश आफ्नै स्थानीय विद्यालय भएकाले विद्यालयको शैक्षिक, प्रशासनिक र संरचनागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भुमिका खेल्ने आशा राखेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित