Rashtriya Dainik

नवलपरासीमा अविरल बर्षाका कारण ९ वटा घरमा क्षति

बिनोद निगम/नवलपरासी , १२ असोज

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका अन्तर्गत पर्ने अविरल वर्षाका कारण नौवटा घरमा क्षति पुगेको छ।

शनिबार बर्दघाट नगरपालिका २ बासखोला बस्ने बर्ष अन्दाजी ५० को कोश बहादुर आलेको ढुङ्गा माटोले बनेको २ तल्ला कच्चि घर पछाडीको भाग (उत्तर) भत्किएको , उत्ति स्थानमा बस्ने बर्ष अन्दाजी २७ को कादर दर्लामीको, काठको घर टिनले छाएको १ तल्ला घरको पछाडी क्षति पुगेको, बर्ष अन्दाजी ४२ को हरि बहादुर राईको २ तल्ला काठको घर पछाडी भागमा क्षति पुगेको, तोमन सिंह दर्लामीको काठको कच्चि २ तल्ला घरको पछाडी क्षति पुगेको छैन ।

त्यस्तै बर्दघाट बस्ने बर्ष अन्दाजी ५० बर्षको तिल कुमारी बाह्रघरेको २ तले ढुङ्गामाटोले बनेको घरमा क्षति ,बम बहादुर बाह्रघरेको २ तले ढुङ्गा माटोले बनेको घरमा क्षती, तिल बहादुर रुचालको २ तले ढुङ्गा माटोले बनेको घरको उत्तर र पश्चिम भागमा क्षति,दल बहादुर राईको माटो ढुङ्गाले बनेको २ तले घर आधा चर्कि भत्केको छ। कुश बहादुर आले मगरको २ तलाको काठको घर उत्तर तर्फको भाग भत्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिए ।

लगातार अविरल बर्षाको कारण घरहरुमा क्षति पुग्दा पनि मानविय क्षति नभएको र सबै मानिसहरु सुरक्षित स्थानमा पठाईएको डिएसपी रेशम बोहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित