काठमाडौं : काठमाडौं उपत्यकामा बाढीका कारण ११ जनाको मृत्यु भएको छ। एक जना भने बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै प्रहरीले ११६० जनाको उद्धार गरेको छ भने १३४० घर डुबानमा परेका छन्। शनिबार साँझ ५ बजेको अपडेटअनुसार सबैभन्दा धेरै बल्खु-कालीमाटी क्षेत्रबाट ७११ जनाको उद्धार गरिएको छ।

त्यस्तै बानेश्वर-शंखमुल-दोभान क्षेत्रबाट ५ जना, कीर्तिपुर क्षेत्रबाट १५१ जना, थानकोट-नागढूंगा र सुरुङ मार्ग क्षेत्रबाट १५२, स्वयम्भु ङचाङ्गुनारायण क्षेत्रबाट ३ जना, बालमन्दिर क्षेत्रबाट ११० जना, बालकुमारी र झोलुङ्गे पुल नजिकबाट २८ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार ७४ पशुचौपायलाई पनि क्षति पुर्याएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

