Rashtriya Dainik

गण्डक नदीमा पानीको बहाव खतराको निसानभन्दा निकै माथी

आरपि उपाध्याय / नवलपरासी ,१२ असाेज

विगत ३ दिन पुर्वदेखी परेको अविरल वर्षाका कारण गण्डक नदीमा पानीको बहाव खतराको निसानभन्दा निकै माथी पुग्न थालेको छ।
जलमापन केन्द्र बाल्मिकी नगरले दिएको पछिल्लो विवरण अनुसार गण्डक ब्यारेज पुलमा ३ लाख ८० हजार क्युसेक पानी बगिरहेको बताइएको छ।
आश्विन ९ गतेदेखि परेको अविरल वर्षाले आएको पानीबाट गण्डक नदीमा पानीको बहाव ह्वात्तै बढी पश्चिम नवलपरासी सुस्ता ५ को सुस्ता टोल अन्तर्गत थारु बस्तीको उखु बारीबाट नदीको पानी मानव बस्ती तर्फ पस्न थालेको जानकारी प्राप्त भएको छ।


गण्डक नदीमा आएको बाढी अवस्था हेरि ब्यारेज पुलमा रहेको ३६ ढोका मध्ये सबै ढोका खोलिएको छ।
नदीको पानीको बहाव तिव्र गतिले बढन थालेपछि जिल्लाका सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी हालतमा राखिएको नवलपरासी (ब.स.प.) की प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभएको छ।
सुस्ता गाउँपालिकाको वडा न.३,४,५ को इलाका बाढीको उच्च जोखिम रहेकोमा त्यहाँ तैनात सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्थानीय युनिटलाई तयारी हालतमा राखिएको र स्थानीय गाउँपालिका संग समन्वय गरिरहेको पनि प्र. जि. अ. श्रेष्ठले बताउनुभयो।
यता विनयी त्रिवेणी वडा न.६ को गजेन्द्र मोक्ष धाम नजिक नदीको पानीले धामको माथिल्लो सिढी छुन थालेको छ भने त्रिवेणी धाममा नदीमा आएको बाढीले नदीको किनारी भागमा रहेको शिवजीको मुर्ति छोइसकेको पनि जानकारी प्राप्त भएको छ।


अविरल वर्षा अझसम्म पनि नरोकिएको हुँदा नदीमा आउने बाढी अझै बढ्ने अनुमान पनि मौसम विज्ञले अनुमान गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित