Rashtriya Dainik

अबिरल बर्षाका कारण सरावलमा १२ सय बिघा धानखेती डुबानमा

उमेश बि.क / नवलपरासी ,१२ असाेज ।

लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुबानमा परेको छ । लगातार तिन दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो ।

तिन दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै वर्षाले खडाैना , शंकरपुर, मधवलिया, भुजहवा बुडनतवापुर , नाैडिहवा लगाएतकाे टाेलहरुकाे बाटोमा समेत पानी पसेकाे सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे ।

झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा, नाैडिहवा हिउँदमा सुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–६ वडा अध्यक्ष छाेटेलाल गुप्ताले बताउनुभयो ।

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय घनश्याम चाैधरीले बताउनुभयो । खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुग्दा खडाैना, मधवलिया, नाैडिहवा ,शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नु परिरहेको वहाँकाे भनाइ छ ।

‘मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ’, वहाँले भन्नुभयो ।

झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयाे । खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने वहाँकाे भनाइ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित