राष्ट्रिय दैनिक / नवलपरासी, ११ असोज
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पूर्वजले बनाएको धरोहर लोप हुनबाट बचाउन जरुरी रहेको बताउनु भएको छ।
अध्यक्ष चाैधरीले सरावल गाउँपालिका वडा नं. १ भगडामा सन्चालन भएको १० औं जितिया मेला महोत्सव समापन कार्यक्रमलाई सम्बाेधन गर्दै थारु कला तथा संस्कृति संरक्षणका लागि आयोजना गरिएको जितिया महोत्सवले नयां पुस्तालाई जानकारी दिन सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो । कला संस्कृति बिकासको लागि आफु तत्परता जनाउने बताउनु भएको हो । जितिया पर्व थारु जातीको विशेष पर्व रहेको र हाल आएर विभिन्न जातजातिले आ आफ्नो ढंगले मनाइरहेको बताउदै यस्ता कार्यक्रमले जातीय कला संस्कृति र भेषभुषा संरक्षणमा विशेष महत्त्व बोकेको बताउनुभयो । गाउँ समाजमा यतिबेला युवाहरु लागू औषधमा फस्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै वहाँले अभिभावकले पनि आफ्नो छोराछोरी प्रति ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । साथै कला संस्कृति संरक्षण र प्रवद्धनमा आफुले पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता सहित जितिया पर्वको सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

जितिया मेला महोत्सव समितिकी अध्यक्ष आशादेवी चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा महोत्सव गरिएको थियो । स्थानीय थारु समूदायको पुरानो संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले जितियाको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।

महाेत्सवमा सरावल गाउँपालिकाकी उपाध्यक्ष बास्मती हरिजन, वडा नं. ३ का अध्यक्ष फिरङ्ग प्रसाद चौधरी, समाजसेवी देवानन्द सिंह फौजदार, तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सत्यदेवी चौधरी, कलाकार हरिलाल यादव, वडा नं. १ की वडा सदस्य शोभा चौधरी, झगडा टोल विकास संस्थाका अध्यक्ष पिताम्बर चौधरी, आयोजक संस्थाका महेन्द्र चौधरी र संझना चौधरी लगायतले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको स्थानीय इन्द्र प्रसाद चोधरीले जानकारी दिनु भयो ।

महाेत्सवमा लाठी नाँच, झम्टा नाँच र विभिन्न समूदायको साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

