Rashtriya Dainik

भारतको बिहारमा जितिया व्रत मनाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

एजेन्सी ,११ असाेज

भारतको बिहारमा जितिया व्रतका दौरान नदी तथा तालमा डुबेर ४६ जनाको मृत्यु भएको छ।

मृतक मध्ये ३७ जना बालबच्चाहरू रहेको जनाइएको छ। प्रहरीले यो घटना २५ सेप्टेम्बरमा भएको ‘जीवित्पुत्रिका’ महोत्सवका दौरान राज्यका १५ जिल्लामा भएको जनाएको छ।

यो तीन दिने उत्सवका दौरान, महिला आफ्नो बच्चाको भलाइका लागि उपवास गर्ने गर्छन् र पानीमा डुबुल्की लगाउँछन्।

विभिन्न ठाउँमा भएको घटनाका कारण ज्यान गुमाएकाहरूलाई मुख्यमन्त्री नीतीश कुमारले ४ लाख रुपैयाँ दिने जनाएका छन्।

एक आधिकारिक बयानमा उनीहरूलाई राहत रकम दिने कार्य सुरु भएको बताए। साथै आठजना मृतकका परिवारलाई रकम दिइसकेको बताए। उपमुख्यमन्त्री सम्राट चौधरीले मृतकप्रति शोक प्रकट गर्दै घटनामा चिन्ता व्यक्त गरे।

राजद प्रवक्ता मृत्युंजय तिवारीले प्रशासनले नदी, ताल तलैया तथा घाटमा पर्याप्त सुरक्षा सावधानी नअपनाउँदा यस्तो दुर्घटना भएको बताए।

अधिकारीहरूका अनुसार पूर्वी तथा पश्चिमी चम्पारण, नालंदा, औरंगाबाद, कैमूर, बक्सर, सीवान, रोहतास, सारण, पटना, वैशाली, मुजम्फरपुर, समस्तीपुर, गोपालगंज लगायत स्थानमा मानिसहरूको मृत्यु भएको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित