Rashtriya Dainik

धनगढीमाई नगरको ग्रामीण सडक व्यवस्थापनमा मेयर शिवशंकर महतोको अग्रसरता

सिरहा,११ असोज

धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले पछिल्लो समयमा ग्रामीण सडकको व्यवस्थापन र सर्वसाधारणको सहज आवागमनको लागि साकारात्मक पहल गरेका छन् ।

ग्रामीण सडकमा बढ्दो कठिनाईका कारण यातायातमा अवरोध भएको अवस्थामा, मेयर महतोले यस विषयमा ध्यान दिँदै सडक छेउमा अव्यवस्थित रूपमा राखिएका सामग्री र पशुहरूलाई हटाउन विशेष अभियान थालेका छन् ।

मेयर महतोको नेतृत्वमा नगरपालिकाले ग्रामीण सडक क्षेत्रमा भौतिक संरचनाहरू हटाउन तथा सडकछेउमा पशुहरूलाई बाँध्ने कार्यलाई रोक्न सार्वजनिक सूचना जारी गरेको छ । यस अघि पटक पटक अनुरोध गरिए तापनि स्थानियले अटेर गरेपछि कानूनी कारबाहीको चेतावनीसहित यो सूचना जारी गरिएको हो ।

सडक छेउमा दाउरा, पराल, इटा, ढुंगा जस्ता घरायसी सामग्री राख्ने, गोबर मल थुपार्ने, र सडकमा भैंसी, गोरु, बाख्रा खुला छोड्ने समस्या धनगढीमाई नगरपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा देखा परिरहेको छ । साथै, घरको पानी सिधै सडकमा फाल्ने समस्याले पनि आवागमनलाई थप जटिल बनाउँदै आएको छ ।

नगरपालिकाले यस्ता अव्यवस्थित क्रियाकलापहरूको विरुद्ध कानूनी कदम चालेपछि जनमानसमा सकारात्मक प्रतिक्रिया देखिएको छ । स्थानीयहरूले मेयर महतोको यो पहललाई ग्रामीण क्षेत्रमा विकास र व्यवस्थापनतर्फको महत्वपूर्ण कदमको रूपमा लिएका छन् ।

अहिले मेयर महतोको प्रयासले नगरपालिकामा उनको लोकप्रियता बढिरहेको छ । आम जनताको समस्यालाई मध्यनजर गर्दै उनले चालेको कदमले नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित