विनोद मण्डल/ सिरहा ,११ असोज
तराई मधेसका जिल्लाहरूमा परम्परागत हस्तनिर्मित सामग्रीको सांस्कृतिक महत्त्व र यसको मौलिकता अझै पनि जीवित रहेको छ । यस क्षेत्रका महिलाहरूले फुर्सदको समयमा स्थानिय स्रोतहरूको उपयोग गरी घरायसी प्रयोजनका साथै उपहार र बजारमा बेच्नका लागि सामग्रीहरू निर्माण गर्ने चलन व्यापक रहेको छ।
मिथिला संस्कृतिको अभिन्न हिस्सा मानिने यी हस्तनिर्मित सामग्रीहरू विशेष गरी पराल र खेतमा उम्रने एक प्रकारको खरको प्रयोगबाट बनाइन्छ । महिलाहरूले उक्त खरलाई सुकाएर, विभिन्न रङहरूमा रंगाएर, आकर्षक र कलात्मक रूप दिने गर्छन् ।

हातले बनाइएका यस्ता सामग्रीहरू धार्मिक र सांस्कृतिक कार्यहरूमा विशेष रूपमा प्रयोग गरिन्छ । डलिया जस्ता सामग्रीहरू मुख्यतः धार्मिक कार्यहरूमा प्रचलित छन् भने अन्य सामग्रीहरू घर सजावट र पवित्र कार्यका लागि प्रयोग हुन्छन् । यस प्रकारको कला ग्रामीण क्षेत्रमा अझै जीवित छ, जसले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई बलियो बनाउने काम गरेको छ ।
परम्परागत हस्तनिर्मित सामग्रीहरूको मौलिकता न केवल आर्थिक रूपमा लाभदायक छ, तर यसले स्थानीय सांस्कृतिक धरोहरको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

