आरपि उपाध्याय / नवलपरासी ,१० असाेज
राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ता भुमिको रक्षा गरेर सुस्ता बासीले कठोर तपस्या गरेको बताउनु भएको छ।

नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल त्रिवेणी महेशपुर (सुस्ता) माल्टिस्पान उद्घाटन तथा सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ कार्यको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सुस्ताको नेपालीले गरेको कठोर राष्ट्रभक्तिकै परिणाम सुस्तामा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण तथा विद्युतिकरणको भरपर्दो सुविधाले सुस्ताको नेपालीहरुको कष्टकर जीवन समाप्त भएको पनि जिकिर गर्नुभयो।

कार्यक्रममा प्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुस्तामा निर्माण भएको झोलुङ्गे पुलले पुर्णता पाएपछि सुस्ता बासीको सबैभन्दा ठूलो चाहना पूरा भएको र अब अँध्यारो सुस्ता नभई उज्यालो सुस्ता भएकोमा सम्पुर्ण नेपालीले गौरव महसुस गरेको धारणा राख्नुभयो।

सो अवसरमा उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री दिपक खडका,मन्त्रालयकै सचिव सुरेश आचार्य,प्रतिनिधि सभा सदस्य बिनोद चौधरी,लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतले सुस्ता समस्या समाधान गर्न क्रमिक रुपमा राज्यले भरपर्दो र विश्वसनीय ढङ्गबाट सम्बोधन गर्दै आएको धारणा राख्नुभएको थियो।

सुस्तामा निर्माण कार्य सम्पन्न भएको झोलुङ्गे पुल १५७१ मिटर लम्बाइ रहेको र १.६० मिटर चौडाइ रहेकोे बताइएको छ।
नारायणी पारीको सुस्तामा ३५० घरधुरी तथा ३४०० जनसंख्या रहेको पनि कार्यक्रममा जानकारी गराइयो।
सुस्ता ५ को सुस्ता टोलमा राज्यको पहुँच र मुलधार भन्दा पृथक रहेकोे अवस्था र राज्यबाट प्रदान गरिएको सेवा सुविधाका लागि सरकारी कार्यालयमा जान जोखिमपूर्ण तरीकाले नदीमा डुङ्गाको यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको सुस्ता बासीले बताएका छन।

सुस्तामा झोलुङ्गे पुलको उद्घाटन र विद्युत सेवा पुगेपछि सुस्ता बासीले खुसियाली व्यक्त गरेका छन।
सुस्ताका महिलाहरुले खुसियालीमा नदी किनारमा ११ सय दीप प्रज्वलन गरि दिपावली र पुजा गरिएको पनि जानकारी प्राप्त भएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

