Rashtriya Dainik

पकाहा मैनपुर गाँउपालिकाकाे १२ओैं गाँउ सभा सम्पन्न, ३९ कराेड ३९ लाख बराबरको बजेट प्रस्तुत

राजन कुमार बानिया /पर्सा ,१० असार

पर्साकाे पकाहा मैनपुर गाँउपालिकाकाे १२ ओैं गाँउ सभा नीति तथा कार्यक्रम अाज सम्पन्न भएकाे छ ।

गाउँपालिकाको,सभा हलमा भएको गाँउसभामा गाँउपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको अादेशा अनुसार प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले आगामी आर्थिक वर्ष २०८१/८२ काे लागि ३९ कराेड ३९ लाख बराबरको अनुमानित बजेट पारित गरि प्रस्तुत गर्नुभएको थियो।

गाँउपालिका अध्यक्ष सुरेश मेहताले नीति तथा कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए।राजनितिक सम्सया का कारण गाउँ सभामा ढिलाए भएपनी गाउँ सभा ढिलो अायो तर दुरुस्त अायो।

जनता हरुलाई दिएको बच्चा हामी सबै जनप्रतिनिधिहरु मिलेर पुरा गर्नुमा जोड दिनु भएको थियोे । गाँउपालिका अध्यक्ष मेहताकाे अध्यक्षतामा भएको गाउँ सभा ,नीति तथा कार्यक्रममा , पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ , नेपाली काँग्रेसका नेता हरि चौहान, लक्ष्मण प्रसाद कुर्मी, वडाअध्यक्ष ,बिनोद मेहता,बलिराम चौरसिया,ढेरी प्रसाद यादव ,संजय चौहान,मुकुट चौहान, कार्यपालिका ,रामबहादुर सोनार, नेकमहम्द मियाँ लगायतले गाउँ सभा नीति तथा कार्यक्रमको शुभकामना मन्तब्य ब्यकत गरेका थिए ।

गाउँ सभामा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य , गाउँपालिका कर्मचारी संतोष सराफ ,स्वास्थ्य प्रमुख सदाम हुसेन कर्मचरी,शिक्षक ,पत्रकार ,सुरक्षाकर्मी ,बुद्धिजीवी लगायतको सहभागीता रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित