मिना केसि / नवलपरासी ,१० असाेज
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ मा अवस्थित बिसासय सामुदायिक वन उपभोक्ता समूहले महिला सीप विकास कार्यक्रम अन्तर्गत १० दिने मादल बजाउने तालिम सम्पन्न भएको छ।
समुहका अध्यक्ष गंगा प्रसाद घिमिरेकाे अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं ६ का अध्यक्ष हिमलाल शर्माकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच तालिम सम्पन्न गरिएको हाे।

तालिम समापन समारोहलाई सम्बाेधन गर्दै कार्यक्रममा वडाअध्यक्ष शर्माले सामुदायिक वनको भूमिकाको प्रशंसा गर्दै महिलाहरूको क्षमता विकासमा यसको महत्त्व योगदानको चर्चा गर्नुभयो। युवाहरुकाे नेतृत्व चर्चा गर्दै सामुदायिक वनलाई निरन्तर साथ सहयोग दिरहने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा सामुदायिक वनका पुर्व अध्यक्ष रुकबहादुर गुरुङ, तपसिंह दानी, धनप्रसाद तिवारी , जन ज्योति महिला समूहका अध्यक्ष राधा पौडेल, कवर समाजका अध्यक्ष कृष्णनाथ कवर लगायतकाे उपस्थिति रहेको थियो ।

तालिममा १९ जनाकाे सहभागीता रहेको थियो भने तालिमकाे सहजिकरण सुबास भण्डारीले गर्नुभएको थियो ।
तालिमबाट महिलाहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

