आरपि उपाध्याय / नवलपरासी ,९ असाेज
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा पर्यटन क्षेत्रमा सरोकारवालाका लागि क्षमता विकास कार्यक्रम र खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि तालिम सम्पन्न भएको छ।
साझेदार संस्था एन्साव नेपालको आयोजना तथा यु.एस.एड. को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगरको अध्यक्षता तथा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि शाहले होटल व्यवसायीहरुले अनुशासित र मर्यादित रुपमा आफ्नो व्यवसाय चलाउनुपर्ने विचार व्यक्त गर्दै विगतका कमीकमजोरीलाई सुधार्नुपर्ने र स्वास्थ्यको मापदण्डको परिधिभित्र रहेर आफ्नो पेसा सञ्चालन गर्न सुझाव दिनुभयो।
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य प्रकाश कुवरले अब व्यवसायीहरु अनेकतामा नभएर एकताबद्ध रुपमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

सरोकारवालाहरुको लागि क्षमता विकास कार्यक्रममा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तनहुँका अधिकृत ज्योति आचार्य,पर्यटन कार्यालय नवलपुरका अधिकृत टेक बहादुर मौनी,बिनोद चापागाईं लगायतले सहजीकरण गर्नुभएको थियो।
सो अवसरमा होटेल व्यवसायी संघ नवलपुरका उपाध्यक्ष यज्ञ प्रसाद न्यौपाने,ई.प्र.का. त्रिवेणीका सई महेश रायमाझी लगायतले कार्यक्रमबारे आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ र ७ का दुई दर्जन होटल व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक सुमन लमसालले जानकारी दिनुभयो ।
कार्यक्रममा होटल व्यवसायी र सहजकर्ता बिच प्रत्यक्ष अन्तर्क्रीया भएको पनि आयोजकले जानकारी दिएको छ।
सो अवसरमा वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले नवलपुर होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरुले पालन गर्नुपर्ने २४ बुदे आचारसंहिता क्यालेन्डर प्रदान गर्दै उल्लेखित बुदालाई पुर्ण पालना गरेर आफ्नो व्यवसाय चलाउन सुझाव दिनुभयो।

कार्यक्रममा होटल व्यवसायी संघका प्रतिनिधि सहित प्रशिक्षण कार्यक्रममा आउनुभएका खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तनहुँका अधिकृत आचार्य,पर्यटन कार्यालय नवलपुरका अधिकृत,टेक बहादुर मौनी, वडा प्रतिनिधि,स्थानीय प्रहरी सहितको टोलीले विनयी त्रिवेणी ७ को बजार अनुगमन गरेको थियो।

सो अवसरमा किराना पसल,सुनचाँदी पसल र केही होटलको अनुगमन गर्दै भेटिएका अखाद्य वस्तु नस्ट गर्नुका साथै पसलेहरुलाई गैरकानुनी क्रियाकलाप नगर्न सुझाव पनि दिइएको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

