Rashtriya Dainik

ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाखको किवि भन्सार पठायो

कृष्णनगर, असोज ९

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गल्लामंडी बाट छ क्युनटल २५ केजी किवि फलफूल बरामद गरेको छ।
भारतबाट अबैध रूपमा नेपाल भित्रियाइएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।
पच्चीस वटा बोरामा रहेको उक्त किवि प्रति बोरा २५ केजीको दरले छ क्युनटल २५ केजी रहेको जस्को अनुमानित मूल्य तीन लाख १२ हजार पाचसय रुपया राखेर आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित