उमेश बि.क / नवलपरासी ,९ असाेज
राष्ट्रिपति रामचन्द्र पौडेल पश्चिम नवलपरासीको सुस्तामा आउनु हुने भएको छ ।
तीनतिर नारायणी नदी र एकतिर भारतीय भूमिले घेरिएको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को सुस्तागाउँ जान बनेको झोलुंगे पुलको समुद्घाटनका लागि उहाँ नवलपरासी आउन लाग्नु भएको बताईएको छ ।

नेपालको ऎतिहासिक भुमी सुस्ता गाउँपालिका ५ को सुस्तागाउँ पुग्न जोखिम मोलेर डुंगाबाट नारायणी तर्नुपर्ने दिनको अन्त्य भएको छ ।
अब भारतीय भूमि हुँदै हिँडडुल गर्नुपर्ने बाध्यता पनि हटेको छ । त्यसैले सुस्ताका बासिन्दा पुल बनेसँगै खुसी भएका छन् । झोलुंगे पुल निर्माण कार्य सम्पन्न भएर औपचारिक समुदघाटन नभए पनि दिनहु आवतजावत तथा पुल अवलोकनका लागि मान्छेहरुकाे बाक्लो उपस्थिति रहेको पाइन्छ ।
यहि असोज १० गते राष्ट्रिपति रामचन्द्र पौडेलद्वारा झोलुङ्गेपुलको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।
हेर्न आकर्षक यो पुल बनेसँगै सुस्तामा आन्तरिक पर्यटक आउन थालेका छन् । जसले गर्दा पुलवरपर पसल तथा खाजाघरहरु खुल्न थाल्दा व्यापार-व्यवसाय पनि बढेको छ ।
यो पुल १५ सय ७१ मिटर लामो छ । ९ वर्ष लगाएर त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीले २९ करोड रुपैयाँ लागतमा पुल बनाएको हो । यो पुल नदीमाथि बनेको भौतिक संरचना मात्रै नभई सुस्ताका बासिन्दालाई राज्यसँगको अपनत्व महसुस गर्ने जीवन्त माध्यम बनेको छ ।
त्यस्तै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको चिसापनी अस्पतालमा काठमाडौ उपत्यका बाहिरको पहिलो ट्रमा सेन्टरको शिलान्यास कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल आउनु हुने भएको हो ।
यहि असोज १३ गते बृहत् कार्यक्रमका बिच बहुप्रतिक्षित बर्दघाट ट्रमा सेन्टरको शिलान्यास गर्ने कार्यक्रम रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

