Rashtriya Dainik

बर्दघाटमा सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठनको ब्यवस्था गरिने

राष्ट्रिय दैनिक / नवलपरासी ,९ असाेज

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ ।


शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक बर्ष ०८१/८२ को बजेटमै सुनिश्चितता गरिएको नगरपालिकाले जनाएको छ ।सरकारले महिला कर्मचारीहरुकालागि ९८ दिन सुत्केरी बिदा दिने गरेको छ ।

कतिपय बिधालयहरुमा महिला शिक्षक सुत्केरी हुँदा नियमित अध्यापन रोकिने र कतिपय अवस्थामा बिषयगत शिक्षक नहुने अवस्था समेत रहने हुनाले पठनपाठनमा असहज हुने र अन्य शिक्षकहरुलाई भार पर्ने भएकाले यो कार्यक्रमलाई समेटिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

“झण्डै तीन महिनाका लागि बिद्यालयले शिक्षक नियुक्ति गर्न सक्नेछन,अध्यापन नियमित हुँदा पठनपाठनमा समस्या नहुने र केही समयका लागि भएपनी शैक्षिक बेरोजगारहरु समेत आवद्द हुन सक्ने हुँदा यसले दोहोरो फाईदा पुग्ने बिश्वास लिएका छौं”नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

सम्बन्धित तहको सट्टा शिक्षक राख्दा बिद्यालयहरुले दैनिक ज्यालादारीमा शिक्षक न्यियुक्त गर्न सक्ने शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताउनु भयो ।

सुत्केरी बिदामा बसेका शिक्षिका र कर्मचारीको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाको कोषबाट तलब व्यवस्था गरीएको छ।

बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षमा सबै भन्दा बढी बजेट शिक्षामा बिनियोजन गरेको छ ।चालू शैक्षिक सत्रलाई शैक्षिक सुधार बर्षको रुपमा अघि बढाईने नगरपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित