राजन कुमार बानिया /पर्सा, ९ असाेज
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देेउवाले अाज पर्साको पटेर्वासुगौलीमा रहेको आधारभूत अस्पताल फरहदवालाई एक समारोहका बिच उद्घाटन गरेका छन।
प्रमुख अतिथि रहनु भएका पुर्व प्रधानमन्त्री एव कांग्रेस केन्द्रीय सभापतीले अधारभुत अस्पतालको उद्घाटन गरेसंगै उक्त अस्पताल सञ्चालनमा आएपछी सो क्षेत्रका हजारौ जनता खुशि भएका छन।
सुगौली फरहदवामा १० शैयाकाे अधारभुत अस्पताल ८ कराेड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ। अधारभुत अस्पतालमा पालिकाले २ कराेडको विभिन्न उपकरणहरुमा सहयोग गरिएको गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीले जानकारी दिएका छन।
मंगलबार उद्घाटन गरिएको आधारभूत अस्पतालमा अल्ट्रा साउन्ड, डिजिटल एक्सरे,अत्याधुनिक प्रयाेगशाला(ल्यब),इसिजी,ईसिजी, र आफ्नै फार्मेसीकाे सेवा उपलब्ध छ।यस्तै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध रहेको र अस्पतालमा हप्ताकाे सातै दिन फिजिसियन चिकित्सक १ जना कार्यरत छन् भने हप्ताकाे १ दिन प्रसुती विशेषज्ञ चिकित्सकपनि खटिने गाउँपालिका अध्यक्ष चौधरी ले जानकारी दिएका छन।
यसका साथै स्टाफ नर्स ३ जना र हेल्थ असिस्टेन्ट एक जना र अनमी ६ जना कार्यरत रहने उपाध्यक्ष ममता महतोले बताईन। यस अधारभुत अस्पताल संचालनमा अाएपछी यस क्षेत्रकाका जनताहरुलाई बिरगंज जानु पर्दैन अाफ्नै गाउँ ठाउँमा उचित उपचार सेवा लिन पाउने गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत प्राण मेहताले जनाएका छन। केपी अोली सरकारमा चार् वर्ष पहिला एकै साथ ३०९ वटा ठाउँमा शिलान्यास गरेका थिए ।
सो मध्य पर्साको पहिलो गाउँपालिकामा अधारभुत अस्पताल निर्मान भएको थियोे । पर्सामा चार वटा ठाउँमा एकै साथ शिलान्यास भएको थियो । धोबिनी,ठोरी ,पटेर्वासुगौली र जिराभवानी,भएको थियो त्यस मध्य पहिलो अाज निर्माण गरिल उद्घाटन भएको हो।
उद्घाटन कार्यक्रम गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षता भएको कार्यक्रममा संघीय सरकारका कानुनमन्त्री अजय चाैरसिया,पूर्व उद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री ,प्रदेश सांसद शंकर प्रसाद चौधरी,प्रदेश सांसद श्याम पटेल,कांग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा,पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चाैधरी,कांग्रेस पर्सा उपसभापती रामनारायण कुर्मी, जिल्ला सचिव नबिन सिंह, लगायतको सहभागीता रहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

