Rashtriya Dainik

घरेलु महासंघ सरावलमा जन्मेजय यादव र महिला उद्यमी सरस्वती चौधरी सर्वसम्मत निर्वाचित

राष्ट्रिय दैनिक / नवलपरासी ,८ असाेज

नेपाल घरेलु तथा साना उद्योग महासंघ, सरावल गाउँपालिका संघको वार्षिक साधारण सभा तथा दोश्रो गाउँपालिका अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

गाउँपालिका संघका अध्यक्ष जन्मेजय यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

दोश्रो अधिवेशनले उद्यमी जन्मेजय यादवकाे अध्यक्षतामा ९ सदस्यीय सरावल गाउँपालिका संघ सर्वसम्मत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा देशबन्धु यादव, उपाध्यक्षमा सन्दिप प्रजापति ,महासचिवमा उमेश बि.क, कोषाध्यक्षमा जाहिर खान पठान , सदस्यहरुमा क्रमशः धर्मराज चौधरी, सुभाष गुप्ता ,इन्दल यादव र महेश यादवलाई सर्वसम्मत चयन गरिएको हो ।

यस्तै घरेलु महासंघ महिला उद्यमी समितिको अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत चयन हुनु भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा आशा देबी चाैधरी , महासचिवमा बासमति चाैधरी, कोषाध्यक्षमा राधिका चाैधरी र सदस्यहरुमा क्रमशः पार्वती काेइरी, सुशीला चौधरी र ओमकला बि.क सर्वसम्मत चयन हुनु भएको छ ।

सर्वसम्मत चयन भएका दुईवटै समितिहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै पालिका अध्यक्ष चाैधरीले सरावल गाउँपालिका भित्र उत्पादन भएका बस्तुकाे बजारीकरण संगै प्रबर्द्धनमा पालिका बिशेष जाेड दिने बताउनुभएको थियो । सरावल गाउँपालिका अध्यक्ष चाैधरीले पालिका भित्र सिकाई केन्द्र स्थापना गरि उत्पादन संगै सरावलकाे पहिचानको लागि उद्यमी लाग्नुपर्ने बताउदै साे कामकाे लागि पालिकाबाट हुने सहयोग साथकाे लागि प्रतिबद्धता जनाउनुभयाे।उद्यमीहरु सक्रियसाथ लागे सरकार पनि लाग्ने कुरा राख्दै आर्थिक चलाएमानकाे लागि पालिका हमेशा सकारात्मक रहने धारणा राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई सहित सफल कार्यकालकाे लागि शुभकामना दिनुभएको थियोे ।

घरेलु महासंघ नवलपरासीका जिल्ला अध्यक्ष मेघराज गौतमले लघु घरेलु तथा साना उद्यमीले उत्पादन गरेका मौलिक वस्तुको बजारीकरण गर्न स्थानीय सरकारले प्राथमिकता दिनु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन ,घरेलु महासंघ नवलपरासीका महिला उद्यमी अध्यक्ष निसा पराजुली ,घरेलु महासंघ नवलपरासीका जिल्ला सदस्य देबेन्द्र चाैधरी , सरावल उद्योग बाणिज्य महासंघ अध्यक्ष सुशान्त शर्मा घिमिरे , घरेलु महासंघ महिला उद्यमी सरावलकाे अध्यक्ष सरस्वती चाैधरी लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित