Rashtriya Dainik

प्रहरी प्रशासनकाे मिलाेमताेमा नवलपरासीमा चाईनिज लहसुनकाे तस्करी

राष्ट्रिय दैनिक / नवलपरासी ,८ असाेज

पश्चिम नवलपरासीमा लसुन तस्करी व्यापक रुपमा भइरहेको छ । नेपालबाट भारततर्फ दैनिकजसो चाइनिज लसुनको तस्करी हुने गरेको पाइएको छ । चाईनाबाट अनुदानमा नेपाल आउने लहसुनको तस्करी सुरक्षाकर्मीकै सेटिङ्गमा सिमा पार हुने गरेको छ ।

व्यपारीहरु काठमाण्डौबाट सिधै ट्रकका ट्रक चाईनिज लहसुन मगाएर सुरक्षाकर्मीहरुकै सेटिङ्गमा भारतीय बजारमा पठाउने गरेको पाइएको छ।

सुरक्षा संवेदनशीलता तथा राजस्व छलीको हिसाबले बसैया, धर्माैली, हर्कपुरा, भुजहवाँ, गोपालपुर, गेर्मी महत्वपूर्ण मानिएको भन्सार राजस्व गस्तीको काम कारबाही फितलो भएका कारण बेला बेला नवलपरासीको विभिन्न नाकाबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ तस्करी हुँदै आएको छ । पछिल्लो समय प्रहरी प्रशासन र भन्सार राजस्व गस्तीको आलोचना निकै बढेर गएको छ ।

भारतमा महंगोमा बिक्री हुने भएकाले नेपालबाट लसुनको तस्करी बढेको हो । जिल्लाको महेशपुर ,बसैया, धर्माैली, हर्कपुरा, भुजहवाँ, गोपालपुर, गेर्मी लगायतको नाकाबाट लसुन लगाएत विभिन्न माल समान भारतर्फ पठाउने गरिएको छ ।

सीमावर्ती क्षेत्रको दसगजा नजिकमै रहने गरी कारोबारीहरूले फर्म दर्ता गर्ने गरेका छन् । फर्मका नाउँमा ठूलै गोदाम बनाएर राखेका उनीहरूले लसुनलगायतका सामान राख्ने गरेका हुन् । नेपालबाट खरिद गरेर ल्याउने अधिकांश लसुनको बिल नै बनाएर राख्ने गरिएको छ ।

जसका कारण तस्करी गर्ने उद्देश्यले ल्याएका सामानलाई समेत बिल बिजक भएका कारण पक्राउ गर्न कानुनी झन्झट हुँदा समस्या भएको जिल्लास्थित सुरक्षा अधिकारीको भनाइ छ । त्यसरी गोदाममा राखेका लसुनलाई कारोबारीहरूले रातको समयमा ५० मिटर दुरीमा रहेको दसगजा पार गराएर भारततर्फ पठाउने गरेको बताइएको छ ।

दिउसाे भन्दा रातीकाे समयमा ब्यपारीहरूले बढी तस्करी गर्ने गरेकाे पाइएको छ । स्राेतका अनुसार नेपालबाट भारत तर्फ तस्करी हुने समान चाईनिज लहसुन,चाईनिज लाईटर,कबाडीका समानहरु रहेका छन।

नेपाल–भारत सुरक्षाकर्मीहरुको सेटिङ्ग राता रात भारत लैजाने गर्छन । दशगजा नजिकै खाद्यान्नको फर्मकाे आडमा लहसुन , लत्ताकपडा, चिनी, हार्डवेयर कबाडीका समान लुकाई राख्ने गर्छन ।

लहसुन कारोबारमा जिल्लाका प्रतिष्ठित व्यपारीहरुकाे पनि संलग्नता रहेकाे स्थानीयले बताउछन ।

जिल्लाका लहसुन व्यपारीहरु जिल्लाको बरुवा र गोपिगंजबाट ट्रकको माल सिधै पिकपमा अनलोड गरि सिमावर्ति क्षेत्रका अवैध गोदाममा डम्पिङ्ग गरि सुरक्षाकर्मीको सेटिङ्गमा तस्करी गर्ने गरेको एक स्थानिय व्यपारीले बताए । उनका अनुसार अहिले जिल्लाको प्रतापपुर गाउँपालिकाको गंगापुर, पिपरपाती र सुस्ताको बलिनगरमा पिकपबाट लहसुन ओसारे अवैध गोदामा भण्डारण गरि रातीको समयमा भारत छिराउने कार्य हुने गरेको छ । लहसुनको मुख्य गोदाम बसैयामा रहेका बेला राजस्वको छापा पछि व्यपारीहरुले अहिले गोदाम सारेर ति ठाउँमा राखेका छन् । तस्करहरु तस्करीको रुट समेत परिवर्तन गरेको पाईन्छ ।

खुल्ला सिमा रहेको नवलपरासी जिल्लाको बलिनगर नाकाबाट सिधै लहसुन लोडेड पिकप नै सिमा वारपार हुने गरेको छ भने ठाडीघाटबाट डुङ्गामा लहसुन लोड गरि नदीको बाटो तस्करी भैरहेको छ यता बसैयाबाट चोरनाका उखुबारी र गोपालपुर नाकाबाट चाईनिज लहसुनको व्यापक तस्करीले सिमामा रातीको समयमा भरियाहरुको मेला नै लाग्ने गरेको  एक स्थानिय बताउछन् ।

नेपाल–भारतमा प्रति किलो ६० रुपैयाको फरक रहेकाले चाईनिज लहसुनमा मोटो मुनाफा पाउने हुँदा व्यपारीहरु लहसुन तस्करीमा लागी परेको पाईन्छ । २१ टन क्षमताको एक ट्रकमा व्यपारीहरु १२ लाख ६० हजार रुपैयासम्मको मुनाफा गर्छन जसको ६० प्रतिशत रकम लाईन र कैरिङ्गमा खर्च गर्ने गरेको पाईन्छ । यि व्यपारीहरुले तस्करीका लागि मोटो लाईन समेत चलाएको खुलेको छ । यिनका बाहेक सिमामा वारपार गर्ने दर्जन बढि सिमावर्ति व्यपारीहरु पनि छन् ।  

प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसार पसार गर्न सहज हुने हुँदा तस्करहरू पनि तिनै क्षेत्रमा जमेका छन् । सिमामा शसस्त्रको बिओपी र जनपद प्रहरीको चौकीहरु भरमार रहेपनि तस्करीमा ब्रेक नलाग्नु सुरक्षाकर्मी माथिनै प्रश्न खडा हुन्छ । भारत पुगेको लहसुन सिस्वा नाका हुदै सिधै दिल्ली पुगेर अन्यत्र बजारमा वितरण हुने गरेको छ ।

नेपालको शसस्त्र प्रहरी र नेपाल प्रहरी मात्रै होईन, भारतको महराजगँज जिल्ला अन्तरगतको निचलौल तहसिल अन्तर्गतको निचलौल कोतवाली र एसडिएम कार्यालयका सुरक्षा अधिकारीहरूको समेत सहयोगमा सिमाक्षेत्रमा लहसुन तस्करी हुने गरेको छ । जिल्लाबाट चाईनिज लहसुन, चाईनिज स्याउ, किमि, लाईटर, र भारतीय काजु, चामल, बाखा, कुखुरा लगायको पनि तस्करी हुने गरेको छ ।

यता तस्करी न्युनिकरणका लागि हाम्रा प्रहरीहरु कडा निगरानी बढाएको शसस्त्र प्रहरी बल २६ नं. गणका गणपति शसस्त्र प्रहरी उपरिक्षकले जानकारी दिनु भयो । उहाँले सिमा क्षेत्रमै खोलिएको फर्म सम्म मालसमान ल्याउन पाउनु पर्ने व्यपारीका लागि कानुनी सुविधा रहेकाले मालबस्तू जफत गर्न हामीलाई कानुनी झनझण्ट रहेको भन्दै हामीले चोरी तस्करी रोक्न भरपुर प्रयास गरिरहेको जिकिर गर्नु भयो । दिनहुँ सिमा क्षेत्रमा देखिएको अवैध मालसमान र सिमा वारपार भैरहेको मालबस्तूहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार पठाउने गरेको समेत बताउनु भयो ।

यता जिल्लामा चाईनिज लहसुनको काण्ड ठुलो बन्दै गएपछि सोको अनुगमन गर्न आवश्यक देखिएको जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यावदले बताउनु भयो । यसरी नेपाली जनतालाई उपभोग गर्न अनुदानमा चाईनिज लहसुन नेपाल आउने हुँदा सोको अवैध रुपमा तेश्रो मुलुल तस्करी हुने कार्य अनैतिक गलत रहेकाले यसलाई रोक् स्थानिय प्रशासन लागी पर्ने सुझाव दिदै सोको न्युनिकरणका आफनो तहबाट अनुगन गरि सिमा क्षेत्रका अवैध गोदाम सिल ग कार्यमा सघाउने प्रतिबद्धता जाहेर गर्नु भयो । 

कोरोना कालमा कनेडियन मटरको पनि यस्तै व्यापक तस्करी चलेको थियो । त्यस पश्चात भारतीय चिनीको पनि मुलुक तस्करी चलेको थियो । अहिले जिल्लाबाट चाईनिज लहसुनको तस्करी चलेको छ । यसलाई न्युनिकरणका लागि महेसपुर भन्सार, शसस्त्र प्रहरी र नेपाल प्रहरी लगायतका निकायहरुको सक्रियता खासै देखिएको छैन । के त्यो निकायहरु व्यपारीको आर्थिक प्रलोभनमा परेकै हो भनि स्थानिको प्रश्न छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित