Rashtriya Dainik

पर्साको पोखरिया ४ को एक विद्यालयमा अत्यधिक गर्मीकाे कारण तमाम विद्यार्थी बेहाेस

राजन कुमार बानिया /पर्सा ,७ असोज

पर्साको पोखरिया नगरपालिका वडा नं ४ रहेको जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालयका ८ जना विद्यार्थी अत्यधिक गर्मीले बेहोस भएका थिए।

सोमबार का दिन अत्यधिक गर्मीका कारण छात्राहरु कक्षा कोठामा बेहोस भएको शिक्षक अनिल गिरीले बताए । कक्षा ७ र ९ का छात्राहरु बेहोस भएका थिए ।

बेहोस छात्राहरुलाई पोखरिया अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि छात्राहरुलाई घर पठाइएको पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवले जनाए का छन ।

यस घटनाको मध्यनजर गरि पोखरिया नगरपालिका कार्यालयले नगरपालिकाअन्तर्गत रहेका सम्पुर्ण विद्यालयहरु मंगलबार देखि बिहान सत्रमा कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ।

पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अजय कुमार श्रीवास्तवले मौसमको अनुकूलता अनुसार मंगलबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सबैलाई सुचना जारी गरि जानकारी गराइएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित