कृष्णनगर,७ असोज
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्टबाट लागुऔषध सहित शुक्रवार एक जना पक्राउ परेका छन्।
संकास्पद रूपमा पैदल हिड्दै गरेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ३ बस्ने २८ बर्षिय कृष्ण कुर्मीलाई चेकजांच गर्दा निजको साथ बाट ३ पत्ता (४५ ट्याबलेट) लागु औषध Nitrazepam NITRAVET- 10 , १ पत्ता (१० क्यापसुल) Tramadol HYdrochloride Capsules I. P. 50 mg र Poco कम्पनीको मोबाइल १ थान फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।
निजलाई रितपूर्वक पक्राउ गरि लागु औषध Nitrazepam NITRAVET- 10 समेत मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप गरि थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

