आरपि उपाध्याय / नवलपरासी ,७ असाेज
सम्पर्क तथा भुआर्जन अधिकृतको पदमा नियुक्ति पाउनु भएकी कमला देवी पराजुली तिवारीले सोमबारदेखि पदभार ग्रहण गर्नुभएको छ।
नेपाल सरकार मन्त्री स्तरको निर्णय अनुसार तिवारीलाई सम्पर्क तथा भुआर्जनको अधिकृतको पदमा नियुक्ति गरिएको हो।
मन्त्री स्तरको २०८१ असोज ४ गतेको निर्णय अनुसार सम्पर्क तथा भुआर्जन कार्यालय गण्डक योजना बाल्मिकी नगरमा नियुक्ति लिइ आउनु भएकी तिवारीलाई कार्यालयका कर्मचारी नेपाली काङ्ग्रेसका जिल्ला स्तरका नेताकार्यकर्ताहरुको उपस्थितिले सामुहिक रुपले स्वागत गरिएको थियो।

नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत रहनुभएकी तिवारी बर्दघाट नगरपालिका वडा न.१४ पश्चिम नवलपरासीमा स्थायी बसोवास गर्दै आउनु भाएको बताइएको छ।
सो अवसरमा पदभार गरेकी तिवारीले गण्डक क्षेत्रमा नेपाल भारतको सम्बन्धलाई अझ बढी सुमधुर बनाउने र आफ्ना पदिय मर्यादालाई पुर्ण रुपमा पालना गर्ने बताउनु भयो।
पदभार ग्रहण कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष एवं नेपाली काङ्ग्रेस नवलपरासी (पश्चिम) का सचिव उमेशचन्द्र यादव,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य लगायतले नियुक्ति पाएकी तिवारीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
२०१८ साल असोज महिनादेखि गण्डक योजनामा नेपाल सरकारले सम्पर्क तथा भुआर्जन कार्यालय स्थापना गरि दुई देशबिच सम्पर्क र समन्वय गर्दै आएको छ।

हाल सम्पर्क तथा भुआर्जन कार्यालय बाल्मिकी नगरमा सहायक लाइजन अधिकृत अमिन सहित सात कर्मचारी कार्यरत रहेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

