राष्ट्रिय दैनिक / नवलपरासी ,७ असाेज
नेपाली टेलिसिरियल ” माहोल ” काे छायांकन सम्पन्न भएको छ।
भुपेन्द्र चौधरीकाे निर्देशन रहेको यस टेलिसिरियलको सम्पूर्ण छायांकन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- २ सुखौलीकाे मनाेरम दृश्यमा गरिएको हाे ।

“माहोल” टेलिसिरियल यहि असाेज ९ गते सार्वजनिक हुने तयारीमा रहेको लेखन/निर्देशक भुपेन्द्र चौधरीले जानकारी दिनुभएको छ।

पहिलो भागको लेखन निर्देशक भुपेन्द्र चौधरीको रहेको छ भने, दोश्रो भागको लेखन दिर्घनाथ गौतमको रहेको छ । सो भागमा बिन्दु सिंहले सह निर्देशक गरेका छन । “माहोल” नेपाली समाजमा घटेका समसायहिक घटनामा आधारित टेलिसिरियल हो ।

यस “माहोल” को छायांकन सम्पादन भुपेन्द्र चौधरीले गर्नुभएको छ । यसको प्रोडक्सन द कन्टेन नेपाल रहेको छ । निर्माता द कन्टेन नेपाल टिमले गरेका हुन । बजार ब्यबस्थापन भने अमर श्रीसले गरेका छन । त्यसैगरी श्रंगार उषा चौधरीले गरेकी छिन ।

सिरियलमा बिन्दु सिंह, भिम बहादुर हिस्की मगर, सावित्री बुढाथोकी, सीता देवी रेग्मी, जेविक तिवारी, दिर्घनाथ गौतम, अशोक परियार, ज्योती चौधरी, नारायण भण्डारी, झबिलाल ढकाल, रिता सापकोटा, ईसा भण्डारी, सुप्रीया न्यौपाने, मिलन गैरे, दिलिप सुनार, हुम बहादुर गुरुङ, ओम भण्डारी, अमर श्रीस, सिद्धार्थ चौधरी र अविशेक सेनले लगाएतका कलाकारहरु अभिनय गरेका छन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

