आरपि उपाध्याय / नवलपरासी ,६ असाेज
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ र ७ का स्थानीयलाई पालिका र जिल्ला मुख्यालय आवतजावत गर्न भौगोलिक कठिनाइ बढेपछि निकासका लागि दबाबमूलक कार्यक्रम अगाडि बढाउने तयारी भएको छ।
त्रिवेणीबाट पालिका मुख्यालय दुम्किबास र जिल्ला सदरमुकाम कावासोतीमा नागरिकले आवश्यक कानुनी सुविधा लिन जादा हुने कठिनाइ बढ्दै गएपछि उनीहरुले तिनै तहका सरकार संग छोटो सडक सुविधा माग गर्ने तथा नभए पश्चिम नवलपरासीकै भुगोल कायम सम्बन्धि साबिक त्रिवेणी सुस्ता पालिकाको मागलाई अगाडि बढाउने तयारी भएको जानकारीमा आएको छ।

सुस्ता गाउँपालिका अन्तर्गतको नारायणी नदीमा बनाइएको झोलुङ्गे पुल उद्घाटन गर्न सम्माननीय राष्ट्रपति सुस्ता आउने निश्चित भएपछि विनयी त्रिवेणी वडा न.६ र ७ का नागरिकहरुले आफ्नो समस्या समाधान गर्न सामुहिक हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउने तयारी भएको स्थानीय दिपक कुवरले जानकारी दिनुभएको छ।
बर्दघाट सुस्ता पुर्वी नवलपरासीको नामाकरण गरिएको नवलपुरलाई संविधानिक प्रक्रियाबाटै कानुनी जटिलताको अन्त्य गरि विनयी त्रिवेणी ६ र ७ का जनताले चरणबद्द रूपमा शान्तिपुर्ण आन्दोलनको तयारी गरिएको जानकारी प्राप्त भएको छ।
विनयी त्रिवेणी ७ शिवपुरगढीमा बसेको सर्वपक्षीय भेलाले वडा न.६ र ७ का वडा अध्यक्षहरुको रहोबरमा एक समिती पनि गठन भएको छ। जसको संयोजकमा दिपक कुवर,सह संयोजक भेषराज खनाल र सदस्यहरुमा राजकुमार राई, विश्वमर्दन शाह,मोतिलाल उपाध्याय, खेमराज न्यौपाने,भुपेन्द्र थापा, धिरज थापा रहनुभएको जानकारी प्राप्त भएको छ।
गठित समितीले माग सहितको ज्ञापन पत्र तयार गरि हस्ताक्षर संकलनको प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायमा प्रतिनिधि मण्डल जाने पनि निर्णय भएको बुझिएको छ।
त्रिवेणी धाम पीडित संघर्ष समिती नामाकरण गरि टोल विकास समिती मार्फत वडा कार्यालय संग समन्वय गरि हस्ताक्षर कार्य सुरु भएको संयोजक कुवरले जानकारी दिएका छन।
संघर्ष समितीले पालिका,प्रदेश हुँदै संघ सरकार समक्ष पनि आफ्नो माग सहितको ज्ञापन पत्र बुझाउने पनि बताइएको छ।
पहिलो चरणको कार्यक्रममा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउने र दोस्रो चरणको आन्दोलन अझ कठोर दबाबमूलक गरिने पनि जानकारी गराइएको छ।

विनयी त्रिवेणी ६ र ७ का नागरिकहरुले जगत जननी सिता माताको धर्ती प्रवेश, भगवान श्री राम पुत्र लवकुशको जन्मस्थल,गजेन्द्र मोक्ष दिव्य धाम र गण्डक ब्यारेज नाका तथा सुस्ता भुमीले शोभायमान त्रिवेणी क्षेत्रका जनताको मागलाई सम्बोधन गरि निकासको बाटो पहिलाउन पनि संघर्ष समितीको तयारी रहेको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

