रञ्जीत शर्मा/ नवलपरासी,५ असोज।
विश्व शान्ति दिवसको अवसरमा आज पाल्हीनन्दन १ महेशपुरको सहिद चोकमा शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
एमनेष्टी इन्टरनेशनल नेपाल समुह-११ परासी, नवलपरासीका संयोजक सुरज यादवको संयोकत्व तथा पाल्हीनन्दन २ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ।
यो कार्यक्रम सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल,नवलपरासी क्लष्टरको साझेदारी तथा पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा सञ्चालित घरेलु हिंसा न्यूनीकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना र एमनेष्टी इन्टरनेशनल नेपाल समुह-११ परासी संग सहकार्य गरी गरिएको हो ।

कार्यक्रम पाल्हीनन्दन १ का वार्ड अध्यक्ष चुलाहि प्रसाद यादव, पाल्हीनन्दन अन्तर धार्मिक शान्ति सञ्जालका संयोजक श्रीकान्त मिश्र, नेपाल प्रहरीका सई, सुनवल सामुदायिक विकास केन्द्रका परियोजना संयोजक कृष्ण पाण्डे लगाएतले विश्वमा भइ रहेको सम्पूर्ण युद्धहरु बन्द भई शान्तिको वातावरण सृजना होस्,धार्मिक सहिष्णुता तथा आ-आपसी सद्भाव सँगै घरेलु हिंसा अन्त्य होस् भनी विश्व शान्ति दिवसको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपाल समुह ३१ परासीका सह-सचिव संदेश न्यौपाने, जलवायु सम्वन्य समिति संयोजक आदित्य प्रजापति,सदस्य ईमामुल लगायत ७० जनाको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

