Rashtriya Dainik

माछा मार्न गएका एक वृद्धको पोखरीमा डुबेर मृत्यु

आरपि उपाध्याय / नवलपरासी ,५ असाेज

पश्चिम नवलपरासी रामग्राम नगरपालिका अन्यर्गत माछा मार्न गएका एक वृद्धको पोखरीमा डुबेर मृत्यु भएको छ।

रामग्राम नगरपालिका ४ चन्द्रगढी माछा पोखरीमा माछा मार्न गएका ६० वर्षीय रबिन्द्र पासीको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका सुचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिनुभयो।

माछा मार्न गएका पासी माछा मार्ने क्रममा डुबेर मृत्युु भएपछि उद्दारका लागि घट्नास्थल पुगेको सशस्त्र प्रहरी बल २६ न. गणका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर बोहराको नेतृत्वमा पुगेको टोलीले तालिमप्राप्त डिम टोलीबाट शवलाई निकालेको जानकारी प्राप्त भएको छ।

डुबेर मृत्यु भएका पासीको शवलाई थप कानुनी प्रक्रिया पूरा गरि पोस्टमार्टमको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको पनि २६ न. गणले जानकारी दिएको छ।

स्मरणीय गत महिना यात्रु वाहक बस त्रिशुलीमा खसेर दर्जनौं व्यक्ति बेपत्ता भएपछि बेपत्ता व्यक्तिहरु मध्ये केही व्यक्तिको शव त्रिवेणी स्थित गण्डक ब्यारेज पुलमा देखिएपछि २६ न. गणकै तालिमप्राप्त जनशक्तिले ब्यारेज पुलबाट आधा दर्जन शव निकालेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित