राष्ट्रिय दैनिक /नवलपरासी,५ असाेज
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको चिसापानी अस्पतालमा चमेना गृह निर्माण भएको छ । आज एक कार्यक्रम बिच संविधान सभा सदस्य सिन्धु जलेसाले नवनिर्मित चमेना गृहको उद्घाटन गर्नु भएको हो ।उहाँले अस्पतालमा चमेना गृह निर्माण हुनुले सजिलो भएको बताउदै निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले बिगतमा अस्पतालमा क्यान्टिन नहुँदा अस्पतालमा रहेका बिरामी,बिरामी कुरुवा र अस्पतालमा आउने हरुकालागी निकै असहज भएको उल्लेख गर्दै चमेना गृह निर्माणले सहज हुने बताउनु भयो ।शुद्द र स्वस्थ्यकर खाना खुवाउन समेत उहाँले आग्रह गर्नुभयो ।

नगरपालिकाका कर्मचारी,अस्पतालका डाक्टर,कर्मचारी एवम् ब्यवस्यायिहरुको स्वस्फूर्त सहयोगमा चमेनागृह निर्माण गरिएको बताईएको छ ।कार्यक्रममा संविधान सभा सदस्य सिन्धु जलेसा,सामाजिक बिकास समिती संयोजक भिमकाजी गुरुङ,नेपाली काङ्ग्रेसका जिल्ला सचिव कुलदिप आचार्य लगायतको उपस्थिति रहेको थियो ।
केही रकम उठ्न बाकी नै रहेकाले क्यक्न्टिन निर्माणमा उठेको रकम र लागत खर्चको हिसाबकिताब हुन बाकी रहेको अस्पतालका गुणस्तर सुधार समितीका संयोजक यम बहादुर थापाले बताउनुभयो ।सययोगी दाताहरुको नामावली शिलालेखमा समावेस गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

