Rashtriya Dainik

युवा समाजसेवी जयसवालद्वारा कबड्डी खेलाडीलाई पोशाक वितरण

संजय कुशवाहा / नवलपरासी ४ असोज

हरपुरका कबड्डी खेलाडीहरुलाई पोशाक वितरण गरिएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ हरपुरका ९ जना कबड्डी खेलाडीहरुलाई कबड्डी खेल खेल्दा लगाइने पोशाक वितरण गरेको हो ।
वडा तथा गाउँपालिका स्तरमा विभिन्न कबड्डी प्रतियोगिता खेलिरहेका कबड्डी खेलाडीहरू आबद्ध रहेको हरपुर कबड्डीमा स्थानीय कबड्डी खेलाडीहरू कबड्डी खेल खेल्दै आइरहेका छन् ।
युवा समाजसेवी संघर्ष जयसवाल आफ्नो ब्यक्तिगत लगानीबाट हरपुर कबड्डी खेलाडीहरुलाई पोशाक वितरण गर्नुभएको छ ।
पोशाक वितरण गर्दै युवा समाजसेवी जयसवाल ‘मेरो सानो सहयोगले आफ्नै स्थानीय युवा भाईहरुको खेल आगामी दिनमा कबड्डी खेललाई मजबुत बनाउन, खेलाडीको दक्षता बृद्धि र उत्प्रेरणाका लागि खेलाडीहरूलाई पोशाक वितरण गर्दै जयसवाले आफू समाज सेवाको लागि तत्पर रहने छु बताउनुभयो ।
हरपुरका खेलाडीहरुले पोशाक ग्रहण गर्दै, कबड्डीमा यस सहयोगबाट आफ्नो गाउँको खेल विकासमा टेवा पुर्याउने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित