आरपि उपाध्याय / नवलपरासी ,४ असाेज
पुर्वी नवलपरासीको दाउन्ने बजारबाट प्रहरीले ट्रकमा लोड गरि ल्याएको गाई गोरुलाई नियन्त्रणमा लिएको छ।
पुर्व पश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका वडा न.२ दाउन्नेमा १९ को सङ्ख्यामा जर्सी गाई र गोरु ट्रकमा लोड गरि पश्चिमबाट पुर्वतर्फ लग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभएको छ।
ग.प्र.०३००१ख२२७० नम्बरको ट्रकमा गाई गोरुलाई लोड गरि लैजादै गर्दा गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय त्रिवेणीमा ल्याइ घाइते पशुहरुलाई प्राथमिक उपचार पनि गरिएको उपरीक्षक रेग्मीले बताउनु भयो।

प्रहरीले नियन्त्रणमा लिएको गाईहरुमा एक गाई र एक गोरुको ट्रकमै मृत्यु भएको र बाकी १७ गाई स्वस्थ रहेको प्रहरीले जानकारी दिएको छ।
गाई गोरु लोड गरि पुर्वतर्फ जाँदै गरेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका ट्रक चालक चितवन राप्ती नगरपालिका २ बस्ने डिल बहादुर उप्रेती रहेका छन भने सहचालक चितवनकै कमल बास्तोला रहेकोे प्रहरीले बताएको छ।
पश्चिम नवलपरासीको ग्रामीण भेगबाट संकलन गरिएका बुढा गाई गोरुहरुलाई गैरकानुनी रुपमा हेटौंडा हुँदै काँकडभिट्टा पुर्याउने तस्करको योजनालाई नवलपुर प्रहरीले विफल बनाउदै थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिएको बुझिएको छ।
प्रहरीले नियन्त्रणमा लिएको गाई गोरु बोक्ने गाडी धनी र चालकलाई पशुपक्षी सम्बन्धि कसुरको दफा न.२ अन्तर्गत २९० अनुसार पशुपक्षी प्रती निर्दयी कसुर व्यवहार अनुसार कारवाही गरिने पनि उपरीक्षक रेग्मीले जानकारी दिनुभएको छ।
पश्चिम नवलपरासीको सुनवलबाट संकलन गरिएका गाई गोरुलाई लोड गरि ल्याउदै गरेको गोप्य सुचनाको आधारमा उपरीक्षक रेग्मी आफ्नै कमान्डमा खटी नियन्त्रणमा लिइएका गाई गोरुलाई ईलाका प्रहरी कार्यालय त्रिवेणी पठाइ थप प्रक्रिया अगाडि बढाउने पनि बताइएको छ।

त्रिवेणीको गजेन्द्र मोक्ष धाममा गौशाला भए पनि जर्सी गाई गौशालामा नराख्न भनिए यता त्रिवेणी प्रहरीकै रेखदेखमा उक्त पशु केही दिनका लागि सोही स्थानमा राख्ने र अन्य प्रक्रिया अगाडि बढाउने पनि प्रहरी स्रोतले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

