Rashtriya Dainik

धाेबीनी गाँउपालिकाकाे १० औं गाउँ सभा सम्पन्न ,३९ कराेड १ लाखकाे बजेट प्रस्तुत

राजन कुमार बानिया /पर्सा,४ असोज

पर्साको धोबीनी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएकाे छ । गाँउसभा तिन महिना ढिलो भएको हाे।

गाँउसभामा चालू आर्थिक वर्ष २०८१/८२ काे नीति, कार्यक्रम पारित भएको थियो । गाउँसभाबाट ३९ करोड १ लाख बराबरको बजेट पारित गरि प्रस्तुतीकरण गरिएकाे थियो।

गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी पटेलको आदेशा अनुसार प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियारले ३९ करोड १ लाख बराबरको अनुमानित बजेट प्रस्तुतीकरण गर्नु भएको थियो।

धोबिनी गाउँपालिकाको गाउँ सभा धोबिनी गाउँपालिकाको सभा हलमा भएको गाँउसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गर्नु भएको थियोे ।

गाउँ सभामा बोल्दै गाउँपालिका अध्यक्ष चौहानले भने मेरो पहिलो प्राथमिकता स्वास्थ्य ,शिक्षा,कृषि ,महिलाबालबालिका ,पर्यटन, भौतिक बिकास निर्माणको साथै गाउँपालिकामा साक्षरता अभियान चलाएर जेष्ठनागरिकहरुलाई समेत नाउँ लिखने गरि साक्षर बनाएर बाकी रहेका असाक्षरहरुलाई साक्षर बनाएर गाउँपालिकालाई साक्षर घोषणा गर्ने जनाएका छन। अध्यक्ष चौहानले भने राजनितीक समस्याको कारण गाउँ सभा ढिलाई भएको हो । यश कारण बिकासको काम र जनताहरुको कामकाज समस्या भईरहेकोले गाउँ सभा गरिएको हो। अब बिकास लगायत जनता हरुको कामकाज छिटो छरितो हुने प्रतिबद्धता गर्नु भएको हो।
धोबीनी गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियारले भने गाउँपालिकामा साक्षरता अभियान गाउँपालिकालाई साक्षरता घोषना गर्ने बताए ।

गाउँपालिका साक्षरता घोषणा गराउनमा सहयोग गर्नेलाई सम्मानित गर्ने बताए। गाउँ सभा कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्याम किसोर पटेल, भिखमपुरका सशस्त्र प्रहरीका डिएसपी रिवाज दहाल, भिस्वा बिओपिका सशस्त्र प्रहरी निरिक्षक मिन प्रसाद भटराई, वडाअध्यक्ष अबास मियाँ चुरिहार,राजकिसोर पटेल, वडाअध्यक्ष देबेन्द्र पटेल वडाअध्यक्ष मनाउर मियाँ ,कार्यपालिका सदस्य दिनेश कालवार लगायत कार्पालिका सदस्य गाउँ सभा सदस्य ,महिला सदस्य , शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, ईन्जिनियर रबिभुषन पटेल,योजना शाखा प्रमुख पप्पु पटेल ,लेखापाल धन्नजय दास , जिन्शि प्रमुख प्रदिप पटेल , प्रदिप गुप्ता ,तेजेन्द्र माली,केशराज प्रसाद कुर्मी पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा प्रमुख संजय यादवले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित