बिनोद निगम / नवलपरासी ,४ असोज
पश्चिम नवलपरासीको बर्दघाट पूर्व पश्चिम राजमार्ग चितवनतर्फ जाँदै गरेको भुस बोकेको ट्रकमा अचानक आगलागि भएको थियो।
शुक्रबार बिहान १० बजेको समयमा बर्दघाट नगरपालिका वार्ड नं ४ दाउने जङ्गलस्थित पूर्व पश्चिम राजमार्ग रुपन्दहीबाट चितवनको लागि जाँदै गरेको लु २ ख ५१ ३७ नम्बरको भुस बोकेको ट्रकको इन्जन तात्तिएर अचानक ट्रकको अगाडि भागमा आगोलागि हुँदा भुस समेत आगो लागि भए भन्ने जानकारी पाउने बित्तिकै प्रहरी टोली र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार मानवीय क्षति नभएको र बाटो अवरोध नरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

