Rashtriya Dainik

संविधानको विरोधमा मधेसी दलद्वारा नवलपरासीमा कालो झण्डा

राष्ट्रिय दैनिक /नवलपरासी,३ असाेज

पश्चिम नवलपरासीको सदरमुकाम परासी बुद्धचाेकमा संविधानको विरोधमा मधेसी दलद्वारा कालो झण्डा निकालिएको हाे ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी (नेपाल) र महनत ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले संविधान दिवसको विरोधमा कालो झण्डा निकालेको थियोे ।

वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै लाेसपा र समाजबादी नेपालले काेण सभा गरी कालो झण्डा देखाएर विराेध गरेकाे हाे ।

समाजबादी र लाेसपा नेतृत्वका कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा देखाएका हुन् । विरोध प्रदर्शनीमा सहभागी लाेसपा र समाजबादी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुर जी गिरीले मधेसी जनताको हकमा वर्तमान संविधान अपूरो रहेको भन्दै तत्काल संविधानलाई संसाेधन गर्न माग गर्नुभयाे । नेपाली मधेसीहरूकाे माग सम्बोधन नभए सम्म वर्तमान संविधानकाे विराेध गर्ने बताउनुभयो ।

त्यस्तै लाेसपा नेतृत्वका केन्द्रीय सदस्य पुरन चाैधरीले मधेसी जनता माथि नेपाली संविधान जबरजस्ती लादिएको भन्दै वहाँले मधेसी जनताकाे माग अपूराेलाई विरोध गरिरहने बताउन भयाे ।

आज असाेज ३ गते संविधान दिवसकाे दिन परासी हाट बजार देखि परिक्रमा गर्दै बुद्ध चाेकमा विराेध कार्यक्रममा संविधान संसाेधन गर्न माग गर्नुभएको थियोे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित