विनोद मण्डल/ सिरहा, असोज ३ ।
सिरहाको लहान स्थित मुख्य चौकमा जेसी अध्यक्ष उमेश यादवको अगुवाईमा सविधान दिवसको अवसरमा मैनबत्ती प्रज्वलन गरिएको छ ।
पछिल्लो समय लहानको सामाजिक क्षेत्रमा निरन्तर अग्रता लिँदै आएका यादवले वर्तमान ” नेपानको संविधान” एतिहासिक सविधान रहेको भन्दै यस संविधानले आम जनताको मौलिक हक र अधिकारको ग्यारेन्टी गरेको छ,जसले देशमा लोकतन्त्रको संस्थागत विकाशको लागि महत्त्वपूर्ण भूमिका निभाउदै आएको सन्दर्भमा लोकतन्त्र र गणतन्त्रको संस्थागत विकाशको लागि यो सविधान आवस्यक रहेको र आम जनताको भावनालाई समेटेको सविधान भएको कारण लहानको पूर्व पछिम राजमार्गको मुख्य शहीद चौकमा मैनबत्ती प्रज्वलनको आयोजना गरेको बताउनु भएको छ ।
आयोजित कार्यक्रममा लहानका मेयर महेश प्रसाद चौधरी ,स्थानिय समाजसेवी , बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कर्मचारी वर्ग , , संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु ,समाजका अगुवा लगायतको सहभागितामा मैनबत्ती प्रज्वलन गरी सविधान दिवस मनाइएको छ ।
लहानको समग्र विकाशमा आफ्नो ध्यान केन्द्रित गरेका जेसी अध्यक्ष उमेश यादव यतिबेला चौतर्फी चर्चाको शिखरमा पुगेको अवस्था रहेको देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

