राष्ट्रिय दैनिक / नवलपरासी ,३ असाेज
पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका १२ मा अवस्थित बुद्ध मंगलताल परिसरमा संविधान दिवसकाे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
सरावल उद्योग बाणिज्य संघकाे आयाेजनमा संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले सरावल उद्योग बाणिज्य संघकाे कार्यसमितिको सक्रियता निकै राम्रो रहेको र अगामि दिनमा यस्तै सक्रियता रहिरहने विश्वास ब्यक्त गर्नुभयो । सरावल उद्योग बाणिज्य संघले स्थानीय जनतामा कर समयमै तिर्नुपर्छ भन्ने धारणा जागृत गर्दै समृद्ध सरावल बनाउनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । उद्योग बाणिज्य संघकाे कार्यसमितिहरुकाे नेतृत्व बिकास हुने थलो यहि रहेको बताउनुभयो ।यश संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरि अगाडि बढिरहेको प्रशंसा ब्यक्त गर्नुभएको थियो । साथै विभिन्न काम अगाडि बढाइ रहादा याे संस्था भित्र राजनीति गन्ध आउनु हुदैन भन्ने सुझाव दिदै गाउँपालिकाबाट सहयोग साथ दिन तयार रहेको कुरा राख्दै संविधान दिवसको शुभकामना दिनुभएको थियोे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले उद्योग बाणिज्य संघ उद्योगी ब्यवसायीकाे हकहितमा काम गर्ने बताउदै आर्थिक बिकासमा टेवा पुग्ने किसिमकाे काम गर्दै पालिका अन्तर्गतका उद्योगी ब्यवसायीलाई संरक्षण गराेस भन्दै संस्थाकाे उज्ज्वल भविष्यकाे लागि शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघ अध्यक्ष लेखनाथ न्याैपाने,याेजनाशाखा प्रमुख इश्वरी खनाल , लेखापाल नरेश काेहार , बाणिज्य सल्लाहकार चन्द्र कुमार गुप्ता , कैलास यादव र सरावल प्रेस क्लबकाे अध्यक्ष उमेश बि.क लगाएतले सरावल उद्योग बाणिज्य संघकाे उज्ज्वल भबिष्यकाे कामना सहित संविधान दिवसको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

उद्योग बाणिज्य संघकाे बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन महासचिव अरुन रावले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

