Rashtriya Dainik

ईश्वरीय विश्वविद्यालय त्रिवेणी केन्द्रद्वारा बिहानीको मुरली क्लास परिचय तथा श्रद्धाञ्जली कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,३ असाेज

ईश्वरीय विश्वविद्यालय त्रिवेणी केन्द्रको आयोजनामा बिहानीको मुरली क्लास परिचय तथा श्रद्धाञ्जली कार्यक्रम विनयी त्रिवेणी ६ मा सम्पन्न भएको छ।

ईश्वरीय विश्वविद्यालयका बच्चाहरु नैतिक शिक्षाका नियम र मर्यादा पालन सम्बन्धि शिक्षा प्रदान गरिएको त्रिवेणी केन्द्रकी सञ्चालिका ब्रहम कुमारी जानकी बहिनीले जानकारी दिनुभयो।
सो अवसरमा पोखरा केन्द्रकी सञ्चालिका ब्रहम कुमारी विष्णु दिदीले मुरली क्लासलाई विधिवत सञ्चालन गर्दै विश्व परिवर्तनको लागि शिव बाबाले दिनुभएको अलौकिक शक्तिलाई आत्मसात गर्न सकिए मानवमा हुने विकृति हटाउन सकिने विचार व्यक्त गर्नुभयो।

उहाँले मुरली क्लासमा प्राप्त अनुभव र शिक्षालाई आफ्नो दैनिक जिवनमा लागू गरेर अगाडि बढ्न सकिए यसै जुनीमा सुख,शान्ती,समृद्धि पाइने पनि जानकारी दिनुभयो।
कार्यक्रममा ब्रहम कुमारी नारायणी दिदी, ब्रहम कुमारी सरीता दिदी, लगायतले पनि शिव बाबाको शिक्षा नै अहिलेको उत्तम शिक्षा रहेको धारणा राख्नुभएको थियो।

कार्यक्रममा ब्रहम कुमार हरि भाइले आत्मालाई शक्तिशाली बनाउन आत्म शुद्धी हुनुपर्ने विचार व्यक्त गर्दै योग शिक्षामा आधारित थेरापीका विभिन्न प्रयोगात्मक रुपमा प्रशिक्षण दिनुभएको थियो।
उक्त अवसरमा ईश्वरीय विश्वविद्यालय त्रिवेणी केन्द्रका लागि जग्गादाता रत्नराज भण्डारीको वार्षिक पुण्यतिथीका दिन श्रद्धासुमन अर्पण गरिएको थियो।

सो अवसरमा स्वर्गीय राज भण्डारीले जग्गा दान गरेर ठूलो मानवीय कार्य गर्नुभएको स्मरण पनि गरिएको त्रिवेणी केन्द्रले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित