आरपि उपाध्याय / नवलपरासी ,३ असाेज
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको आयोजनामा वृहत रक्तदान कार्यक्रम विहीबार गाउँपालिका प्राङ्गणमा सम्पन्न भएको छ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा सुस्ता गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि,राष्ट्र सेवक कर्मचारी लगायत विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधिहरुले रक्तदान गर्नुभएको थियो।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा पालिका अध्यक्ष उपाध्यायले रक्तदान कार्यक्रमबाट संकलन भएको रगतले सुस्ताकै नागरिक लाभान्वित हुने हुँदा यस महान कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो।
संविधान दिवसको अवसरमा गरिएको यो महान कार्यबाट सबैमा पवित्रता र मानवताको शिक्षा पनि प्रवाह भएको जिकिर पालिका अध्यक्ष उपाध्यायले गर्नुभयो।
कार्यक्रममा नेपाल स्वयंसेवी,रक्तदाता समाज,रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै लक्ष्यभन्दा पनि बढी रक्तदाताहरुले रक्तदान गरेको जानकारी दिनुभयो।

रक्तदान गर्ने महानुभावहरुलाई गाउँपालिकाले कदर सहित प्रमाणपत्र प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभएको छ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,बुटवल रक्तसञ्चार संस्थाका प्राविधिकहरुले सहयोग गर्नु भएको थियो भने उक्त अवसरमा ७७ जना महानुभावहरुले रक्तदान गर्नुभएको आयोजक संस्थाले बताएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

