नवलपरासी / २ भदौ
ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक फल बहादुर तामाङ्गको सरुवा थियो तामाङको सरुवासंगै ईलाका प्रहरी कार्यालय महेशपुरमा गंगादत्त बाडु आएका छन् । वहाँ जिल्ला प्रहरी कार्यालय कैलाली अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट आएका हुन्।
तर उहाँको सफलता हेर्नुभयो भने गंगादत्त बाडु आउने बित्तिकै तस्करी-चोरी र झैँ झगडाहरू घटनाहरू घट्नु सट्टा झन् बढ्दै गइरहेका देखिन छ ।
टोलहरूमा होहल्ला गर्ने,चोरी- तस्करी झैँ झगडाका घटनालाई हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो ।
गए राती दुई पक्षमा झगडा हुँदा इलाका प्रहरी कार्यालय महेशपुरले पहिलादेखि नै चौकमा प्रहरी ड्युटीमा खटाउँदै आएको हो तर मंगलबार राति प्रहरी जवान गौतम यादवलाई ड्युटीमा खटाएको थियो ।
एकजना स्थानीयले भने सर त्यहाँ झगडा हुँदैछ र हजुर जानु प्रहरी जवानले जवाफ दिँदै भने त्यस्तो झगडामा जान्न हुन दिए हुन्छ झगडा ।
त्यति मात्रै सुन्दै स्थानीय युवा त्यहाँबाट हिँडे झगडा झन् बढ्दै गएपछि युवकले इलाका प्रहरी कार्यालयका महेशपुर इन्चार्ज गंगादत्त बाडु लाई फोन गरे त्यसपछि युवाले भने सर अमानीगञ्ज र महेशपुरको सिमाना पुलबीच दुई पक्षमा झगडा हुँदैछ। र केही समयपछि प्रहरी आएपछि झगडा शान्त भएको थियो।
उहाँ आउने बित्तिकै इन्चार्ज सम्हालेका गंगादत्त बाडुले शान्ति र सुरक्षा र अपराध नियन्त्रण गर्ने आएका हुन्। महिना दिन नबित्दै बाडुको कार्यकालमा हिन्दु र क्रिश्चियन बीच विवाद र दुई गुट बीच झडप भएको थियो। त्यस्तै जिल्लाको पाल्हिनन्दन वार्ड नं ३ पालिकाभन्दा एक किलोमिटरको दुरीमा एक युवकले परसिया गाउँमा हतियार लिएर गाउँका मान्छेले डराउने र आतंक मच्चाएको स्थानीयहरूले बताएका छन्।
प्रहरीले हतियार बोकेको युवकलाई हिरासतमा लिएको थियो भने राति नै युवकलाई छोडेको भन्दै स्थानीयहरूले महेशपुर परासी सडकखण्ड परसिया सडक केही घण्टा बन्द रहेको स्थानीय सुरज गुप्ताले बताउनुभयो ।
त्यस्तै मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने काम नेपाली नागरिकको हो तर त्यसबाहेक मुलुकको सीमा सुरक्षा,चेलिबेटी बेचबिखन,रोकथाम, चोरी , तस्करी लागूपदार्थको कारोबारको रोकथामलगायतका कार्यहरू गर्ने दायित्व नेपाल प्रहरी रहेको छ ।
प्रहरीको मूल कार्य शान्ति सुरक्षाका लागि कार्य गर्ने हो । त्यसबाहेक विविध समस्या जनहितका पक्षमा लाग्ने हो । नागरिकका लागि सर्वत्र हामी सुरक्षित रहने भन्ने वातावरणको सिर्जना गर्नुपर्छ ।
मुलुकभरका टोलटोलमा नागरिकका लागि सुरक्षार्थ गस्ती गरी हामी सुरक्षित छौं, कुनै चिन्ता छैन भन्ने प्रत्याभूति आमनागरिकमा गराउने कार्य प्रहरीबाट भएको छ भने महेशपुरमा तर देखिएको छैन ।
टोलहरूमा होहल्ला गर्ने, चोरी लुटपाटका घटनालाई हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार पनि हो । हरेक विकासका लागि पहिलो सर्त भनेकै शान्ति सुरक्षा हुन आउँछ । आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक विकासमा पहिलो सर्त शान्ति सुरक्षा नै हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

