Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको सेक्रेटरीमा पाण्डेय निर्वाचित

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा (बहुमत) र नेकपा (मशाल) बीच एकताको बनेको पार्टी हो ।
एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रम उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल र केन्द्रीय सदस्य थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका सचिवालय सदस्यद्वय श्याम बहादुर बोहोरा, निरज केसी, केन्द्रीय सदस्य दलसिं खत्रीको समेत आतिथ्यता थियो ।
पार्टीको बिधान अनुसार १५ सदस्स निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेकोे छ भने बाँकी ७ जना बैकल्पिक जिल्ला समिति सदस्य सहित २८ सदस्सीय जिल्ला समिति हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै निर्वाचित पुर्ण सदस्यको एक तिहाई ७ जनाको सचिवालय र ७ जनाको सल्लाहकार समिति समेत समितिको बैठकबाट निर्णय गर्ने संयोजक पाण्डेले बताउनुभयो । सम्मेलन समसामायिक प्रस्ताव पारित गर्दै ३ गते समापन हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित