Rashtriya Dainik

पकहा मैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा देवनाथ साह हाजिर

राजन कुमार बानिया/पर्सा, २ असोज

पर्साको पकहामैनपुर गाउँपालिकामा सरुवा भई अाउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई बुधबार गाँउपालिका अध्यक्ष सुरेश मेहताले स्वागत गरेका छन् ।

बुधबार गाँउपालिका कार्यालयमै आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष मेहताले प्रमुख प्रशासकीय साहलाई स्वागत गरेका हुन् ।

त्यसअवसरमा गाँउपालिका अध्यक्ष मेहताले जनता र जनप्रतिनिधीको हितलाई सर्वोपरी ठानेर काम गर्न प्रमुख प्रशासकीय अधिकृत साहलाई निर्देशन दिएका छन ।गाउँपालिकाको विकास निर्माणलाई तिब्रता दिनुका साथै सेवाप्रवाहलाई अझ सहज र पारदर्शी बनाउने कुरामा आफु लागि परेको भन्दै मेहताले यसमा कर्मचारीहरुकोपनि साथ अति आवश्यक रहेकोपनि बताए ।
स्वागत ग्रहण गरेपछि अाजैबाट पदभार सम्हाल्दै प्रमुख प्रसाशकिय अधिकृत साहले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । पहिलो प्राथमिकतामा जनताहरुको काम काज छिटोर छरितो हुने बिश्वास गराउनु भएको छ। जनताहरुको कामकाज र बिकास निर्माण लगायतको काममा जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्य र सहयोगको जरुरी रहेकोले अाउने दिनमा जनप्रतिनिधि र कर्मचारीहरु संग समन्वय गरि चलने बताए ।
कार्यक्रममा पकहा मैनपुर गाँउपालिकाका उपाध्यक्ष सर्फुन नेशा , वडा नं १ वडाअध्यक्ष बिनोद मेहता,वडा नं २ वडाअध्यक्ष मुटुक चौहान, वडा नं ३ का वडाअध्यक्ष संजय चौहान ,वडा नं ४ का वडाअध्यक्ष ढेरी यादव ,वडा नं ५ का वडाअध्यक्ष बलिराम प्रसाद चौरसिया, नेपाली काँग्रेस का नेता नसरुलाह मियाँ ,लगायत कार्यपालिका सदस्य ,गाउँपालिका सदस्य र गाउँपालिकाका कर्मचारी लगायत स्थानीय नेताहरुले फूलमाला तथा गम्छा अबिर लगाई स्वागत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित