तुलसीराम पौडेल /फर्साटिकर ,भाद्र १
रुपन्देहीको शुद्धोधन – ४ सौ फर्साटिकर स्थित फर्साटिकर माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ भवन उद्वाटन कार्यक्रम सोमबार सम्पन्न भयो। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त भवनको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उपप्रधानमन्त्री पौडेलले विद्यालयलाई नमुना गराउनका लागि आवश्यक पर्ने बजेट विनियोजन गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयलाई आवश्यक पर्ने भवनको डिपिआर तयार पारी आवश्यक बजेटका लागि मन्त्रालयमा आउनुस , बजेट विनियोजन गरेर म पठाउछु मन्त्री पौडेलले भन्नुभयो ।
जनताका समस्या समाधान गर्नका लागि काङ्ग्रेस,एमालेको संयुक्त सरकार निर्माण भएको र यो सरकारको समीकरण आगामी ०८४ सालको निर्वाचन सम्म रहने पौडेलको भनाइ थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्तीले विद्यालयको पुर्वाधार विकासका लागि विभिन्न समयमा योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यालयलाई नमुना बनाउनका लागि अर्थमन्त्री,प्रदेश सांसद तथा पालिकालाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, शुद्दोधन गाउँपालिका प्रवक्ता तथा वडा न.४ एंव सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

निवर्तमान राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई,प्रदेश सांसद तुलसी प्रसाद चौधरी,जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रतिनिधि,शिक्षक,विद्यार्थी अभिभावकको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर न्यौपानेले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

