Rashtriya Dainik

संविधान दिवस २०८१ को अवसरमा सरावलमा प्रभात फेरी, खुल्ला रक्तदान तथा शुभकामना आदानप्रदान

राष्ट्रिय दैनिक / नवलपरासी ,२ असोज ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संविधान दिवस २०८१ को अवसरमा प्रभात फेरी, खुल्ला रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

सरावल गाउँपालिकाे आयाेजना तथा कर्मचारी मिलन केन्द्र ,सरावल उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे समन्वयमा प्रभात फेरि,खुल्ला रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हाे।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन तथा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रकाे नेतृत्वमा सरावल गाउँपालिकाबाट सरावल टाेल क्षेत्र परिक्रमा पश्चात पुनःसोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।

उक्त अवसरमा पालिका अध्यक्ष चाैधरीले रक्तदान जीवनदान भएकाले रक्तदाताले समय-समयमा रक्तदान गर्नुपर्ने बताउनुभयो। हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्न सक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह समेत गर्नुभएको हाे। अध्यक्ष चाैधरीले संविधानको जगेर्ना गर्दै समुन्नत र दिगोबिकास तर्फ अघि बड्नुपर्ने धारणा राख्दै पालिकाबासी सबैमा शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै पालिका उपाध्यक्ष हरिजनले संविधानले सबै जातजातिको, सबै धर्म सँस्कार र सँस्कृतिको हकअधिकार सुनिश्चित गरेको बताउनुभयो । लोकतन्त्रको मर्मलाई पुर्णरुपमा आत्मसात गर्न संविधानले भुमिका खेलेको धारणा राख्नुभएको थियोे ।

संविधान दिवसकाे अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे अध्यक्ष सन्जय माैर्यले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रक्त शन्चार सदस्य सुरज के.सि. ,सरावल उद्योग बाणिज्य संघ अध्यक्ष शुसान्त शर्मा घिमिरे , समाजसेवी इन्द्रकमल यादव , पत्रकार उमेश बि.क लगाएतले संविधान दिवसकाे शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रशासकीय अधिकृत विशाल मिश्रकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन कर्मचारी मिलन केन्द्रका अध्यक्ष राजन बस्यालले सन्चालन गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित