Rashtriya Dainik

मेयर महतोको अगुवाईमा “९ “औं स्थापना दिवस” भव्यताका साथ मनाईयो

सिरहा, असोज १ ।

सिरहा जिल्लाको धनगढीमाईका भद्र सालिन र बौद्धिक मेयर शिवशंकर महतोको अगुवाईमा भव्यताका साथ धनगढीमाई नगरपालिकाको स्थापना दिवस मनाइएको छ ।

नगरको स्थापना दिवसको अवसरमा मंगलबारका दिन नगरपालिकाका नगर प्रमुख शिवशंकर महतो , वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु, स्वास्‍थ्य कर्मीहरु, वडाका कर्मचारीहरु, नगर प्रहरीहरु, नगरकाकर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको सक्रिए सहभागीतामा सरसफाई तथा वृक्षारोपन लगायतका कार्यक्रमहरु गरी ९औं स्थापना दिवस मनाइएको छ ।

आयोजित कार्यक्रममा नगर प्रमुख महतोले वृक्षा रोपण समेत गरेका थिए ।

स्थानिय सडकमा र्याली सहित स्थापना दिवस मनाईरहँदा नगरबासी मेयर महतोको विचारणीय र बौद्धिकताको उच्च मूल्याङ्कन गरेका छन ।

मेयर महतोको पछिल्लो कदमहरूको आम जनताले मूल्यांकन गर्दै उनलाई सहनशील मेयरको संज्ञा दिन थालेका छन ।

हरेक कुरामा विचार गरेर अघि बढ्दै आएका मेयर भद्र र सालिन क्षबिका धनी मानिन्छन् । आजको कार्यक्रममा नगरका सबै जनप्रतिनिधि , कर्मचारी लगायत सबै एकै ठाउँमा उभिएर नगर स्थापना दिवस मनाएको देख्दा आम नगरबासिमा खुशीयाली छाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित