Rashtriya Dainik

सखुवा प्रसौनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा चौरसिया हाजिर- अध्यक्ष यादवले गरे स्वागत

राजन कुमार बानिया /पर्सा ,१ असोज

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सरव भई आएका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार चौरसियालाई मंगलबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले स्वागत गरेका छन् ।

मंगलबार गाँउपालिका कार्यालयमै आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय चौरसीयालाई स्वागत गरेका हुन् ।

त्यसअवसरमा गाँउपालिका अध्यक्ष यादवले जनता र जनप्रतिनिधीको हितलाई सर्वोपरी ठानेर काम गर्न प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई निर्देशन दिए ।पालिकाको विकासनिर्माणलाई तिब्रता दिनुका साथै सेवाप्रवाहलाई अझ सहज र पारदर्शी बनाउने कुरामा आँफु लागि परेको भन्दै यादवले यसमा कर्मचारीहरुकोपनि साथ अति आवश्यक रहेकोपनि बताए ।

स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत चौरसियाले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए ।
कार्यक्रममा विगत १ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारलाई गाँउपालिका अध्यक्ष यादवले गम्छा ओढाएर सम्मान गर्दै पुन स्वास्थ्य शाखाको जिम्मेवारी सम्हाल्न निर्देशन दिए ।

कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु,वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु,वडानम्बर ३ का वडाध्यक्ष मोजामिल अन्सारी,वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद आरिफ,वडा नम्बर ६ का वडाध्यक्ष मुन्ना कम्कर, शिक्षा शाखा प्रमुख नेपालेन्दु साह,दिपनारायण आदर्श नमूना माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्ष शंकर महतो थारु,प्रशासन शाखा प्रमुखअरबिन्द ठाकुर,लेखा शाखा प्रमुख सुमन साह लगायतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित