Rashtriya Dainik

सात लाख सदस्य थप्दै नेपाली काँग्रेस

काठमाडौं । क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण समानान्तर रूपमा अगाडि बढिरहेको भन्दै काँग्रेसले एक वर्ष भित्र ७ लाक सदस्यता थप्ने भएको छ ।

कांग्रेस र्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘अनलाइनमार्फत फर्म भरेर कांग्रेसको सदस्यता लिने र क्रियाशील सदस्यता नवीकरण निरन्तर चलिरहेको छ, हामी छिदै क्रियाशील सदस्यता जिल्लाबाट वितरण हुन्छ । के–कति वितरण भए भन्ने संख्यागत विवरण केन्द्रमा आउने क्रममा रहेको छ ।’ डिजिटल रूपमा सदस्यता वितरणको काम प्रभावकारी हुन नसके पनि १४ हजार नयाँ सदस्यताका लागि अनलाइन आवेदन परेको उनको भनाइ छ ।

२ साउन ०७९ मा सम्पन्न केन्द्रीय समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो  । थापा संयोजक रहेको समितिले जिल्ला सभापतिहरूको भेला गरेर २१ असार ०८० मा जिल्ला सभापतिहरूको भेला बोलाएर सदस्यता वितरण गर्न निर्देशन दिएको थियो ।

कांग्रेसको तथ्यांकअनुसार १४औँ महाधिवेशनमा आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य थिए । साधारण सदस्यको एकीकृत विवरण भने कांग्रेसले राखेको छैन । डिजिटल सदस्यता वितरणको विषयलाई लिएर कांग्रेसमा दुई धार देखिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित