राष्ट्रिय दैनिक /नवलपरासी ,३१ भदौ
पश्चिम नवलपरासीमा आज साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको रामग्राम ४ घोडपाली चोकको हुलाकी सडक खण्डमा ना ८ ख ७५४९ नम्बरको ट्रकको ठक्करबाट लु ०१–००२ प २०५४ नम्बरको मोटरसाइकल चालक रामग्राम नगरपालिका ९ जोकवारे निवासी ३७ बर्षीय प्रेम ढांडीको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते ढांडीको पृथ्वीचन्द अस्पताल परासीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ । मृतकको शव जिल्ला अस्पताल परासीमै पोष्टमार्टमका लागि राखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

